Shikhar Insurance

म्याग्दी हाईड्रोपावरको साधारण सभा जेठ १० गते

सिंहदरबार संवाददाता
२०८१ बैशाख २६, बुधबार ०९:५५
NIMB
Nabil Bank

काठमाडौं । म्याग्दी हाईड्रोपावर लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको बैशाख २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार जेठ १० गते कालिकानगर, रुपन्देहीमा बस्ने गरी सभा आह्वान गरेको हो ।

सभामा कम्पनीको रजिष्टार्ड कार्यालय रहने ठेगाना परिवर्तन  गरी बुटवल उप म.न.पा.वडा नं. १० कालिका नगर, रुपन्देही गर्ने सम्बन्धमा छलफल गर्नेछ । प्रबन्ध पत्रको दफा ६ को (क) (ख) (ग) (घ) संशोधन गर्ने सभाको प्रस्ताव रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, कम्पनीको प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने क्रममा कुनै फेरबदल गर्न वा विवरणहरु तयार गरी पेश गर्न नियमनकारी निकायबाट सुझाव वा निर्देशन भएको खण्डमा सोही अनुरुप कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सभाको एजेण्डा रहेको कम्पनीले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्