Shikhar Insurance

कुमारी बैंकको १ लाख ८ हजार ४४ कित्ता सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ बैशाख २६, बुधबार १०:१४
NIMB
Nabil Bank

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले सेयरधनी जुली चाचानको नाममा रहेको २५ हजार ९ सय २० कित्ता, किरण केसीको नाममा रहेको २४ हजार ३ सय ७२ कित्ता र उषा घिमिरेको नाममा रहेको ५७ हजार ७ सय ५२ कित्ता गरी जम्मा १ लाख ८ हजार ४४ कित्ता सेयर बिक्रीमा ल्याएको हो । सेयरको न्युनतम प्रतिकित्ता मूल्य भने तोकिएको छैन । सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

सेयर खरिदको पहिलो हकदार विद्यमान सेयरधनीहरु भएकाले सेयर खरिद गर्न ईच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड, नक्सालमा निवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

उक्त म्याद भित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्रीको प्रक्रिया अगाडि बढाउने बैंकले सूचनामार्फत जानकारी दिएको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्