Shikhar Insurance

सरकारलाई दिएको समर्थन यथावत छ, आगामी दिन सरकारकै व्यवहारमा भर पर्छ: अध्यक्ष यादव

सिंहदरबार संवाददाता
२०८१ बैशाख २६, बुधबार १३:३८
NIMB
Nabil Bank

काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन निरन्तर रहने बताएका छन् ।

पार्टी कार्यालय वालकुमारीमा आज आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री समेत रहेका पार्टी अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन आजका मितिसम्म जारी रहेको उल्लेख गरे । “सरकारलाई दिएको हाम्रो समर्थन यथावत छ, बाँकी परिस्थिति कसरी विकास हुन्छ भन्नेमा निर्भर रहन्छ”, उनले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

राजनीतिक अस्थिरता र गलत क्रियाकलापको पात्र आफ्नो पार्टी नभएको जिकिर गर्दै अध्यक्ष यादवले भने– “आगामी दिनमा दिइने समर्थन सरकारकै व्यवहारमा भर पर्छ ।” केही व्यक्तिगत स्वार्थ र महत्वकांक्षाले पार्टीलाई विभाजन गरेको उहाँको भनाइ थियो । बहुमत सांसद र केन्द्रीय नेता आफ्नो पक्षमा रहेको दाबी गर्दै उनले आफू विदेश भएका बेला पार्टी विभाजन गरेको तथा निर्वाचन आयोगले पनि हतारमा दल दर्ताको प्रमाणपत्र दिएको उल्लेख गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्