Shikhar Insurance

नेपाल पुनर्बीमाले ५ प्रतिशत लाभांश दिन बोलायो साभारण सभा

सिंहदरबार संवाददाता
२०८१ बैशाख २७, बिहीबार १२:३५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको बैशाख २६ गते बसेको बैठकको निर्णय अनुसार जेठ १७ गते अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीसपुतलीमा हुने गरी सभा आह्वान गरेको हो ।

सभामा आव २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । लेखा परीक्षकको प्रतिवेदन सहित आव २०७९/८० को नाफा/विवरणसँग सम्बन्धित अनुसूची छलफल गरी पारित गर्ने सभाको प्रस्ताव रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सभामा कम्पनीको चुक्ता पूँजी १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार ७ सय ५० रुपैयाँको ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) र चुक्ता पूँजी १२ अर्ब २१ करोड ४५ लाख ४३ हजार ७ सय २५ रुपैयाँको ४.७५ प्रतिशत गरी जम्मा ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।बोनश सेयर वितरण पश्चात कम्पनीको साविक जारी तथा चुक्ता पूँजी बृद्धि भई १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार ७८ मात्र कायम हुनेछ ।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ को लागि बाह्य लेखापरीक्षकमा टिआर उपाध्याय एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स, काठमाडौंलाई नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्नुका साथै समिति तथा उपसमितिको बैठक भत्ता अनुमोदन गर्ने सभाको एजेण्डा रहेको छ । कम्पनीको प्रबन्धपत्रको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सोही बमोजिम आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सभाको प्रस्ताव रहेको कम्पनीे जानकारी दिएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ ५ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुने कम्पनीले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्