Shikhar Insurance

आज ४ बजे बजेट भाषणः मन्त्रिपरिषदबाट पारित, सिंहदरबारबाट प्रत्यक्ष प्रशारण (यस्तो आउँदैछ बजेट)

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १५, शनिबार १२:४६
NIMB
Nabil Bank

काठमाडौं । अध्यादेशबाट आउन लागेको बजेट मन्त्रिपरिषदबाट पारित भएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने बजेट पास भएको हो ।

अर्थमन्त्री पौडेलले आज अपराह्न ४ बजे सिंहदरबारबाट बजेट भाषण गर्दैछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

यसपालीको बजेट नीति तथा कार्यक्रमबिनै आउन लागेको हो ।

संसद नहुँदा पनि सरकारले पूर्ण बजेट ल्याउन बताइएको छ । यसअघि सरोकारवाल पूर्वअर्थमन्त्रीहरू, राष्ट्रिय योजना आयोगमा पूर्व उपाध्यक्षहरू तथा निर्वाचन आयोगका पूर्व प्रमख आयुक्तहरूले सरकारले पूर्ण बजेट ल्याउन नहुने बताएका छन् ।

सरकारले १६ खर्बभन्दा ठूलो आकारको बजेट ल्याउन तयारी गरेको छ । जसमा निर्वाचन, कोभिडविरूद्धको खोप, मेडिकल सामाग्री तथा सरकारको पपुलर बन्ने कार्यक्रम समावेश रहेको अर्थ मन्त्रालय स्रोतले सिंहदरबारलाई जानकारी दियो ।

संविधानमा संघीय संसदमा जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । संसद नहुँदाको अवस्थामा अध्यादेशबाट ल्याइने बजेटबारे भने केही उल्लेख छैन । सरकारले चौतर्फी विरोधका बाबजुद आजै पूर्ण बजेट ल्याउन लागेको हो ।

प्रधानमन्त्री कार्यालयबाट प्रस्तुत हुने बजेट सिंहदरबारले प्रत्यक्ष प्रशारण गर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्