Shikhar Insurance

अमेरिकामा ६० खर्ब डलरको बजेट प्रस्ताव, धनीहरुलाई कर बढाएर गरिबलाई सहुलियत

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १५, शनिबार १५:०३
NIMB
Nabil Bank

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले ६० खर्ब डलर(६ ट्रिलियन डलर)को बजेट प्रस्ताव गरेका छन् । बाइडेनले आफ्नो पहिलो बार्षिक बजेट प्रस्ताव गर्दै धनी अमेरिकीहरुका लागि कर बढाउने योजना सामेल गरेका छन् । बजेटमा सामाजिक सुरक्षका नयाँ योजनाहरु र जलवायु परिवर्तनका मुद्धा समेटिएका छन् ।
बजेटलाई कँग्रेसले पास गर्न बाँकी छ र यसमाथि रिपब्लिकन सांसद लिंजी ग्राहमले अत्याधिक महंगो भनि टिप्पणी गरेका छन् ।

बजेटमा समावेश गरिएका योजनाहरुका कारण अमेरिकाको वित्तिय घाटा ११७ प्रतिशत पुग्नेछ जुन दोश्रो विश्व युद्धको भन्दा पनि बढी हो । यस्तो घाटा कर्पाेरेट्स, धनी अमेरिकी नागरिक र पुँजीगत लाभकर बढाउने योजनाका बावजुद पनि बढेको हो । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा जीडीपी घाटा हरेक वर्ष बढेको थियो र अन्तिम वर्षको बार्षिक खर्च ४.८ ट्रिलियन डलर बनाउने ट्रम्पको योजना थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

बाइडेनले रक्षा मन्त्रालय र अन्य सरकारी विभागहरुको खर्च १.५ ट्रिलियन डलरले बढाएका छन् । त्यस बाहेक रोजगारीका लागि २.३ ट्रिलियन र पारिवारिक योजनाका लागि १.८ ट्रिलियन प्रस्ताव गरिएको छ । डेमेक्र्याटिक राष्ट्रपति बाइडेनले आफ्नो बजेट सिधै अमेरिकी नागरिकसम्म पुर्याउँदै अर्थतन्त्र सुधार्ने बताएका छन् ।

बजेटमा नयाँ योजना ?
ह्वाइट हाउसका अनुसार बजेटबाट अमेरिकी अर्थ व्यवस्थामा बहुआयामिक प्रभाव पर्नेछ ।
–जलवायु परिवर्तन विरुद्धको लडाईमा ८०० बिलियन डलर खर्च हुनेछ ।
– चीन चार वर्षका बालबालिकालाई प्रि स्कुल शिक्षाका लागि २०० बिलियन डलर खर्च हुनेछ ।
–सबै अमेरिकी नागरिकलाई निशुल्क कम्युनिटी कलेजका लागि १०९ बिलियन डलर खर्च हुनेछ ।
–राष्ट्रिय स्तरमा ‘पेड फेमिली तथगा मेडिकल लिभ प्रोग्राम’का लागि २२५ बिलियन डलर
–सडक, पुलका लागि ११५ बिलियन डलर र रेलवेका लागि १६० बिलियन डलर
–हरेक अमेरिकीको घरमा इन्टरनेट सेवा सुधार र ब्रोडब्याण्डका लागि १०० बिलियन डलर

महंगी र वित्तिय घाटा के हुन्छ ?
ह्वाइट हाउसका प्रमुख आर्थिक सल्लाहकार सेसिलिया राउसले नयाँ बजेटका कारण महंगी बढ्ने स्वीकार गरेकी छिन् । तर पनि उनले आगामी समयमा महंगी २ प्रतिशतमा झर्ने विश्वास पनि व्यक्त गरिन् । बाइडेनको यो बजेटका कारण आगमी दशक अमेरिकाको वित्तिय घाटा १४.५ ट्रिलियन पुग्ने बताईएको छ । ह्वाइट हाउसले भने करमा गरिएको वृद्धिले आगामी १५ वर्षपछि वित्तिय घाटा सन्तुलन हुनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्