Shikhar Insurance

यस्ता छन् सरकारले पुनरूत्थानका लागि दिएको राहत, विद्युत शूल्कदेखि घरभाडा पनि छुट

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १५, शनिबार १६:४९
NIMB
Nabil Bank

काठमाडौं । सरकारले कोभिडबाट ग्रसित व्यवसाय पुनरूत्थानका लागि राहत प्रोत्साहन दिएको छ । सर्वसाधारण तथा व्यवसायलाई राहत सहुलियत तथा आर्थिक सहुलियत घोषणा गरेको हो ।

– मासिक २० हजार लिटर खानेपानी महसुल निःशूल्क

Citizen Life
Kumar Bank
Nepal Life

– सरकारले विद्युत् महसुल छुट दिएको छ

– व्यवसाय र घरायसी प्रयोजनको विद्युतमा छुट

– उत्पादनमुलक उद्योगलाई सरकारले डिमान्ड शूल्क छुट

–  कोभिड अति प्रभावित व्यवसायलाई नवीकरण शूल्क छुट दिएको छ ।

– होटललाई आइसोलेसन बनाए सुविधा दिइने

– नासवान उत्पादनलाई स्थलदेखि बजार समम लाग्ने ढुवानीका लागि २५ प्रतिशत अनुदान दिनेछ ।

– धानको बिउ खरिदमा ५० प्रतिशत अनुदान

– शैक्षिक संस्थालाई ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा कर्जा दिने

– जेठ र असारको सामाजिक सुरक्षा कोषको योगदान सरकारले बेहोर्ने

– व्यवसायीक निरन्तरता कर्जा निरन्तरता

– निर्माण व्यवसायलाई रिटेन्सन मनिको ५० प्रतिशत बराबरको बैंक ग्यारेनटी फिर्ता

– सरकारसँग भाडामा व्यवसाय गर्नेलाई ५० प्रतिशत भाडा छुट

– पुनर्कर्जा सुविधा निरन्तर र सीमा विस्तार, ५ प्रतिशत ब्याज अनुदान दिन १३ अर्ब

– स्टार्टअप व्यवसायका लागि ५ प्रतिशतमा कर्जा, २५ लाखसम्म कर्जा पाइने

– नेपाल भ्रमण गर्ने विदेशीलाई १ महिनाको भिसा शूल्क मिनहा

GBIME

प्रतिक्रिया दिनुहोस्