Shikhar Insurance

सरकारद्वारा बढिरहेको सेयर बजारको ढाड सेक्ने काम, लाभकर साढे २ प्रतिशतले बढ्यो

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १५, शनिबार २२:०३
NIMB
Nabil Bank

काठमाडौं । सरकारले पुँजीबजारका लगानीकर्ताहरुको पुँजीगत लाभ कर साढे २ प्रतिशतले बढाएको छ । आर्थिक अध्यादेश २०७८ मार्फत् सरकारले १ वर्षभन्दा कम समय सेयर होल्ड गर्ने लगानीकर्ताबाट साढे ७ प्रतिशत आयकर असुल्ने व्यवस्था गरेको हो ।

No description available.

Citizen Life
Kumar Bank
Nepal Life

हालसम्म सेयर बजारका लगानीकर्ताले ५ प्रतिशतमात्र पुँजीगत लाभकर तिर्दै आएका थिए । यद्यपी १ वर्षभन्दा बढी सेयर होल्ड गर्नेले अब पनि ५ प्रतिशत नै लाभकर तिरे पुग्छ ।

सरोकारवालाहरुले लगानीकर्ता र कारोबारी (इन्भेस्टर र ट्रेडर) छुट्याउन माग गर्दै आएका थिए । जसअनुसार १ वर्षभन्दा बढी अवधि सेयर होलड गर्नेका हकमा पुँजीगत लाभकर घटाएर २.५ प्रतिशत बनाइनुपर्ने माग उनीहरुको थियो । १ वर्षभन्दा कम समय होल्ड गर्नेका लागि ५ प्रतिशतलाई अन्तिम कर बनाइनुपर्ने माग उनीहरुको थियो ।

तर, सरकारले भने कम समय होल्ड गर्नेलाई कर बढाएर बढी समय होल्ड गर्नेलाई करको दर यथावत राखेको हो ।

करको दर बढाइनुमा लगानीकर्ताले असन्तुष्टि जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार फोरमका सभापति अम्बिकाप्रसाद पौडेलले अन्य क्षेत्र बन्द रहेका बेला पुँजीबजारले अर्थतन्त्र चलायमान बनाउँदा प्रोत्साहन गर्नुपर्नेमा सरकारले निरुत्साहित गरेको बताए ।

उनले सिंहदरबारसँग भने, “सरकारले करको दायरा बढाउन अरु ठाउँ नदेखेका बेला पुँजीबजार फस्टाइरहेको देख्यो । कर बढाउनुको मार आम लगानीकर्ता र बजारले चुकाउनुपर्ने भएको छ ।” उनका अनुसार आफूहरुले दिएको सुझावको ठीक विपरित सरकारले करको व्यवस्था संशोधन गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्