Shikhar Insurance

पुँजी बजारका लगानीकर्तालाई खुसीको खबर, ७.५ प्रतिशत लाभकर नै अन्तिम कर

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १६, आईतवार १७:०४
NIMB
Nabil Bank

काठमाडौं । पुँजी बजारका लगानीकर्तालाई खुसीको खबर आएको छ । सरकारले सेयर बजारका लगानीकर्ताका लागि तोकिएको पुँजीगत लाभकरलाई नै अन्तिम करका रुपमा गणना हुने व्यवस्था मिलाएको छ । अर्थ सचिव शिशिर ढुंगानाले सेयर किनबेचका क्रममै असुलिने कर नै अन्तिम कर भएको बताए ।

सरकारले बजेट वक्तव्य मार्फत एक वर्षभन्दा कम अवधीमा सेयर किनबेच गर्नेहरुका लागि ७.५ प्रतिशत पुँजीगत लाभकर तोकेको छ । यस अघि सबै लगानीकर्ताले ५ प्रतिशत मात्रै पुँजीगत लाभकर तिर्दै आएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

अब भने एक वर्षभन्दा बढी अवधी सेयर होल्ड गर्नेहरुले ५ प्रतिशत लाभकर तिरे पुग्छ भने एक वर्ष भन्दा कम अवधीमा सेयर किनबेच गर्नेहरुले ७.५ प्रतिशत लाभकर तिर्नुपर्छ । सो कर नै अन्तिम कर हो वा होइन भन्ने अन्योल रहेका बेला सरकारले सोही करलाई अन्तिम करका रुपमा मान्यता दिएको हो ।

कारोबारी र लगानीकर्ता छुट्याएर लाभकरको नयाँ निर्धारण गरिएको छ, यो कर नै अन्तिम कर हो त ? भन्ने सिंहदरबारको प्रश्नमा अर्थ सचिव शिशिर ढुंगानाले भने, “यो नै अन्तिम कर हो । लगानीकर्ताले विवरणा बुझाउन चाहे बुझाए पनि हुन्छ ।”

ढुंगाना राजस्व सचिव हुँदै लगानीकर्तालाई यो कर नै अन्तिम कर भएकाले ढुक्क हुन आश्वासन दिँदै आएका थिए । यो मौखिक घोषणा भएपनि कतै व्यवस्था भने गरिएको छैन ।

यद्यपी महालेखा परीक्षकले अन्तिम कर नभएको भन्दै प्रतिवेदनमा बेरूजु देखाए लगानीकर्ताले विवरण बुझाउनु पर्छ ।

अहिले कारोबार समयमा तिरेको करको आधारमा लगानीकर्ताले करचुक्ताको प्रमाणपत्र पाउँदै आएका छन् ।

लगानीकर्ताहरुले लामो समयदेखि पुँजीगत लाभकरलाई अन्तिम करका रुपमा गणना गरिदिन माग गर्दै आएका थिए । कारोबारीहरुका लागि २.५ प्रतिशत पुँजीगत लाभकर बढेको भए पनि सोही करलाई अन्तिम करका रुपमा गणना गरिनु राम्रो भएको लगानीकर्ताहरूको ठहर छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्