Shikhar Insurance

सोयाबिन तेलको आयात रोक्ने भारतको तयारी, पाम तेल झैं निर्यातको अवसान हुने पक्का !

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २०, बिहीबार १३:५८
NIMB
Nabil Bank

काठमाडौं । खानेतेलको मूल्य इतिहासकै सबैभन्दा बढी पुग्दा भारतले नेपालबाट भटमासको तेल आयात रोक्न भएको छ । भारतको वनस्पती तेल उत्पादकहरुले संगठन सोल्भेन्ट एक्स्ट्र्याक्टर्स एसोसिएसन (एसईए)ले केन्द्रिय सरकारलाई पत्र लेख्दै भारतीय कृषक तथा उद्योगको अस्तित्व धरासयी बनाउने भन्दै तेल आयात रोक्न आग्रह गरेको हो ।

भारत सरकारले यसअघि पनि पाम तेल आयात बन्द गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

इकोनामिक टाइम्सका अनुसार एसईएको पत्रमा नेपालबाट शून्य भन्सारको लाभ उठाउँदै तेस्रो मुलुकबाट कच्च सामाग्री ल्याई नेपालमा प्रशोधन गरेर आयात हुने गरेको जानकारी गराइएको छ । यो आयातलाई तेल उत्पादकले अवैधानिक मानेका छन् । नेपालबाट सस्तोमा निर्यात हुँदा पूवी तथा उत्तरी भारतमा रहेका वनस्पती तेल प्रशोधन केन्द्रको अस्तित्व संकटमा रहेको र भारतलाई ठूलो परिमाणको राजस्व घाटा भइरहेको संघले बताएको छ ।

सन् २०११ देखि भारतमा अति कम विकसित देशबाट आयात हुने वस्तुमा शून्य भन्सार लाग्ने गरेको छ । यो सुविधा उपयोग गरेर नेपाल र बंगलादेशबाट ठूलो परिमाणमा तेल भारत निर्यात हुने गरेको छ ।
नेपालको भटमासको आफ्नो उत्पादन छैन र आयातीय भटमास प्रशोधनको क्षमता पनि सानो छ ।

एसोसिएसनले पत्रमा नेपालले पाम तेल उत्पादन नगर्ने बताएको छ । पत्रमा थप भनिएको छ, “पाम तेल इन्डोनेसिया र मलेसियाबाट आयात हुन्छ भने भटमासको तेलको उत्पति दक्षिण अमेरिका हो । भारत आयात हुने यस्ता तेल भारतको वित्त मन्त्रालयले जारी गरेको उत्पतिको नियम विपरित हो ।”

एसोसियसनले पत्र लेखेपछि भारतले भटमासको तेल आयात रोक्ने तयारी गरेको बताइएको छ ।

यसअघि भारतले उद्योगीहरुकै कुरा सुने पाम तेलको आयात रोकेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्