Shikhar Insurance

ग्यास प्रतिसिलिन्डर ११ सय २० रूपैयाँ, सरकारले बेच्ने सामाग्रीमा भोलिदेखि २० प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २०, बिहीबार १८:२९
NIMB
Nabil Bank

काठमाडौं । सरकारले बेच्ने खाद्य पदार्थ तथा अत्यावश्यक वस्तुमा भोलिदेखि २० प्रतिशत छुट पाइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले बेच्ने खाद्यलगायत अत्यावश्यक सामग्री, ग्यास आदिमा छुट पाइने भएको छ ।

खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङले छुट्टाछुट्टै सूचना निकालेर भोलिदेखि कायम हुने मूल्य सूची जानकारी गराएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

नयाँ मूल्यसूचीअनुसार नेसनल ट्रेडिङले बेच्ने खाना पकाउने ग्यास प्रतिसिलिन्डर ११ सय २० रूपैयाँमा पाइन्छ ।

यस्तै पिठो प्रतिकेजी ४४ रूपैयाँ, चिनी प्रतिकेजी ६३ रूपैयाँ २० पैसा, नुन प्रतिकेजी १६ रूपैयाँ र भटमासको तेल प्रतिलिटर १ सय ८८ रूपैयाँमा पाइन्छ ।

उल्लेखित सामग्री पाउन नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, परिवारका सदस्यको नाम उपलब्ध गराउनुपर्छ ।

यो छुट निषेधात्राको अवधिभरमात्र लागु हुनेछ ।

यस्तै खाद्यले बेच्ने चामलमा पनि २० प्रतिशत छुट पाइनेछ ।

छुट सुविधामा पाइने चामल प्रतिपरिवार ३० किलोको बोरा र कर्णालीको सिमी २ किलो किन्न पाइन्छ । छुट सुविधा पाउन पहिचान खुल्ने कागज उपलब्ध गराउनुपर्छ ।

खाद्यले काठमाडौंमा थापाथली र रामशाहपथस्थित बिक्री कक्ष, ललितपुरको नख्खु गोदाम र भक्तपुरको सुर्यविनायक बिक्री कक्ष तथा अन्य जिल्लामा कम्पनीका कार्यालय र बिक्री कक्षबाट सामाग्री उपलब्ध गराउनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्