Shikhar Insurance

एमालेलाई बदनाम गराउन नव मण्डलेहरु खडा भएका हुन् ?

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २४, सोमबार १६:०८
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का उपमहासचिव घनश्याम भुषालले एमालेमा नव मण्डलेहरु तयार भएको आरोप लगाएका छन् । पार्टी एकताका कुरा गर्दा आत्मसमर्पण र विवादको कुरा गर्दा विभाजनको आरोप लगाउने मण्डले प्रवृत्तिका पात्र एमालेमा तयार भएको बताएका हुन् ।

उनले पञ्चायतकाल ढाल्न मण्डलेहरुको योगदान भएझै एमाले समाप्त पार्न पनि त्यस्तै प्रवृत्तिका पात्र खडा भएको भन्दै आपक्ति जनाएका हुन् । उनले आफुलाई कहिले विभाजन कारीको आरोप लगाउने त कहिले ओलीसँग आत्मसमर्पण गरेको आरोप लगाउनेहरुले हैरान पारेका पनि उनले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

भुषालले भनेका छन्

फेरि हाम्रा विरुद्ध अनर्गल प्रचार शुरु भएको छ । हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ । पञ्चायत कालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रुपमा स्थापित भयो । पञ्चायत धराशायी हुनुमा त्यस समूहको कम्ति योगदान थिएन । त्यसबेलाका कतिपय पञ्चहरु नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु । आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन ? अनि परिणाम पनि त्यस्तै हुने त होइन ?
धेरैजसो सपेराहरु सर्पबाटै टोकिएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्