Shikhar Insurance

एलपी ग्यासमा २० प्रतिशत छुट दिएकामा ग्यास उत्पादक संघको आपत्ति

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २४, सोमबार १७:४७
NIMB
Nabil Bank

काठमाडौं । सरकारी कम्पनीको ग्यास विक्रीमा २० प्रतिशत छुट दिएकामा निजी ग्यास उत्पादकहरूले आपत्ति जनाएका छन् । बजेटमार्फत् सरकारले एसटीसी कम्पनीको एलपी ग्यासमा २० प्रतिशत छुट दिने व्यवस्था गरेको थियो ।

एसटीसीमा छुट पाइने भएपछि उपभोक्ता एसटीसी ग्यास किन्ने लाममा बसेका छन् । सरकारी कम्पनीमा लाम लागेपछि निजी क्षेत्रका उद्योग अतालिएका हुन् ।
उनीहरूले १ प्रतिशत मात्र बजार पहुँच भएको कम्पनीलाई छुट दिइनु ठीक नभएको बताएका हुन् । आफूहरूले पनि छुट दिने व्यवस्था गर्न माग गर्दै नेपाल एलपी ग्यास उद्योग संघले नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई ध्यानाकर्षण गराएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

देशमा ५८ वटा एलपी ग्यास उद्योग छन् । राजधानीमा मात्र ३२ कम्पनीले ग्यास बेचिरहेका छन् । यस्तोमा उपत्यका मात्र बजार भएको कम्पनीमार्फत छुट दिइनु उचीत नभएको संघको ठहर छ ।

संघले ९९ प्रतिशत बजारप्रति सरकारले विभेद गरेको बताएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्