Shikhar Insurance

व्यक्तिगत पहलमा लेले प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २८, शुक्रबार १७:५२
NIMB
Nabil Bank

२८ जेठ, काठमाडौं ।

गोदावरी नगरपालिकाको ले ले स्वास्थ्य केन्द्रलाई व्यक्तिगत पहलमा स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । समाजसेवी कल्याण सिलवालले उपलब्ध गराएको अक्सिजन कन्सर्नट्रेटरसहित १४ प्रकारका स्वस्थ्य सामाग्री पूर्व अर्थ राज्यमन्त्री उदय शम्शेर राणाले स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

कोभिड महामरीसंग जुध्न केन्द्रलाई सहयोग पग्नेगरी अक्सिजन कन्सर्नट्रेटर २ थान, अक्सिजन सिलिण्डर ४० लिटरको ५ वटा, अक्सिजन फ्लो मिटर पाँच वटा, अक्सिजन मास्क पाँच वटा र सर्जिकल मेडिकल मास्क दुई हजार थान स्वास्थ्य केन्द्रलाई अस्तान्तरण गरिएको हो ।

के एन ९५ मास्क एक हजार थान, ह्यान्ड स्यानिटाइजर पाँच लिटर, एक्जामिसन ग्लोब्स १० बक्स, फेस सिल्ड ३० वटा, पिपिइ गाउन, १० थना पनि केन्द्रलाई बुझाईएको सिलवाललले बताए । इनफ्रारेड थर्मोमिटर २ वटा, पल्स अक्सिमिटर २ वटा, तीन हजार ट्यावलेट डेक्सिन र डेक्सोना ५० वटा पनि अस्पताललाई हस्तान्तरण गरिएको सिलवालले बताए । कोभिड महामारी नियन्त्ररण र उपचारमा सघाउ पुगोस भनेर स्वास्थ्य केन्द्रलाई उक्त स्वास्थ्य सामाग्री अस्तान्तरण गरिएको र आवश्यकताअनुसार थप सहयोग गर्दै जाने पनि सिलवालले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्