Shikhar Insurance

सिद्धार्थ इन्स्योरेन्सको १५ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी एक अर्ब १२ करोड

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २९, शनिबार १५:०७
NIMB
Nabil Bank

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १५.७९ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको १९ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बोनस शेयर र कर प्रयोजनका लागि ३.७९ प्रतिशतले हुन आउने ३ करोड ७८ लाख ९४ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

लाभांशपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब १२ करोड रुपैयाँ पुगेको छ । यसअघि कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ थियो । सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले प्रस्तुत गरेको गत आर्थिक वर्षको वित्तीय विवरणको प्रतिवेदन पनि पारित गरेको छ भने प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव लागायत अन्य प्रस्तावहरु समेत अनुमोदन गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले आर्थिक वर्ष २०७६।७७ बीमा व्यवसाय अन्तर्गत १ अर्ब ९६ करोड ३९ लाख बीमा शुल्क आर्जन गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्