Shikhar Insurance

उद्योगी तथा व्यवसायीलाई खोपको व्यवस्था गर्न सरकारलाई चेम्बरको आग्रह

सिंहदरबार संवाददाता
२०७८ असार २, बुधबार १४:३१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले समस्त उद्योगी तथा व्यवसायी लाइ खोप सुबिधा उपलब्ध गराइ दिन सरकालाई आग्रह गरेको छ । उद्योग, व्यवसाय तथा यातायात क्षेत्रका व्यवसायीदेखि कार्यरत मजदुरलाई दुवै चरणको खोपको व्यवस्थाको लागि चेम्बरले आग्रह गरेको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको दोश्रो चरणको नयाँ भेरियन्टको कोरोना भाइरस (कोभिड(१९) बाट विश्व अर्थतन्त्रमा गम्भीर असर परेको छ । नेपाल जस्तो अति कम विकसित र आत्मनिर्भर हुन नसकेको मुलुकको लागि यसको प्रत्यक्ष प्रभाव निजी क्षेत्रमा समेत परेको छ । मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारी अभिवृद्धि तथा राजश्वमा योगदान पुग्न जाने चेम्बरको भनाइ छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नयाँ भेरियन्टको कोभीड(१९ को दोश्रो चरणको महामारीले समस्त उद्योगी तथा व्यवसायीहरुलाई आक्रान्त तुल्याएको चेम्बरले जनाएको छ । समयमै कोरोना विरुद्धको भ्याक्सिन उपलब्ध नभएकाले अग्रपंक्तीमा कार्यरत समस्त व्यवसायीक क्षेत्रको आत्मवलमा ह्रास आएको चेम्बरको भनाइ छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्