Shikhar Insurance

भ्याकेटमा जाने निर्णयले केपी ओली पार्टी एकता बिरोधी हुन भन्ने प्रमाणित भयो- माधव नेपाल

सिंहदरबार संवाददाता
२०७८ असार ७, सोमबार २०:४५
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता माधव कुमार नेपालले सर्वाेच्च अदालतको निर्णय विरुद्ध भ्याकेटमा जाने ओली नेतृत्वको निर्णयले को पार्टी एकताको बिरोधी हो भन्ने स्पष्ट भएको बताएका छन् । कर्णाली प्रदेशका सांसदहरुलाई बिधान विपरिद कारवाही गर्ने ओली नेतृत्वको निर्णयलाई सर्वाेच्च अदालतले उल्ट्याएको थियो । अदालतको सो निर्णय विरुद्ध ओली नेतृत्वको एमाले सर्वाेच्चमा भ्याकेटमा जाने भएको छ ।

अदालतको निर्णय अनुसार पार्टी एकता गर्नुको साटो उल्टै भ्याकेटमा जाने निर्णय गरेर ओली पार्टी एकता बिरोधीमा कित्तामा उभिएको पनि उनले बरिष्ठ नेता नेपालले बताएका छन् । आफुहरु पार्टी एकताको पक्षमा रहेको तर ओलीले त्यसलाई रणनीतिक रुपले उपयोग गर्न खोजेको निष्कर्षमा पनि पुगिएको स्पष्ट पारेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्
कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ ।स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो।

सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपंथी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ,सहजै देख्न सकिन्छ।असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र सम्वादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकता विरोधी तत्वहरूसंग सावधान हुन सबैको ध्यानाकर्षण गर्न चाहन्छु।

GBIME

प्रतिक्रिया दिनुहोस्