Shikhar Insurance

राष्ट्र बैंकले गर्‍यो ६ बैंकलाई कारबाही, लाखौं जरिवाना तिर्नुपर्ने गरी के गरे गडबढी ?

सिंहदरबार संवाददाता
२०७८ असार १६, बुधबार २०:३८
NIMB
Nabil Bank

काठमाडौं । आफ्नो निर्देशको विपरित गएर वित्तीय सुशासन उल्लंघन गरेको भन्दै नेपाल राष्ट्र बैंकले ६ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । केन्द्रिय बैंकले चालु आवको पहिलो त्रैमासमा एउटा, दोस्रोमा ३ वटा र तेस्रो त्रैमासमा २ वटा बैंकलाई कारबाही र जरिवानासमेत गरेको हो ।

केन्द्रिय बैंकले सम्पत्ति शुद्धिकरणसम्बन्धि निर्देशन पालना नगरेको , प्राथमकिता प्राप्त क्षेत्रमा कर्जा प्रवाह नगरेको, ऋणीसँग अप्रत्यक्ष कारोबार गरेको तथा आफ्नै सहायक कम्पनीलाई कर्जा दिएको भन्दै ती बैंकलाई जरिवानासमेत गराएको हो । जसअनुसार सिभल बैंक र लक्ष्मी बैंकले सम्पत्ति शुद्धिकरणस्म्बन्धि निर्देशन अवज्ञा गरेका छन् । उनीहरूलाई कुल ७८ लाख रूपैयाँ जरिवाना गरिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागका अनुसार चालु आवको तेस्रो त्रैमासमा आफ्नो सहायक कम्पनी (प्रभु मनी ट्रान्स्फर)लाई ऋण दिएको छ । केन्द्रिय बैंकले प्रभुको तत्कालीन अध्यक्ष देवीप्रकाश भट्टचनसहित तत्कालीन सदस्यहरू र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई सचेत गराइएको बताएको छ ।

निर्देशन विपरीत काम गरेको भन्दै विदेशी लगानीको बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंकदेखि सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकसमेत कारबाहीमा परेका छन् । केन्द्रिय बैंकका अनुसार लक्ष्मी र सिभिल बैंकले सम्पत्ति शुद्धिकरणसम्बन्धि निर्देशन उल्लंघन गरेका छन् ।

प्रभुका सीईओ अशोक शेरचनसहित तत्कालिन सञ्चालक समितिका अध्यक्ष भट्टचन, तत्कालीन सञ्चालकहरु रमेश सिंह खड्का, अम्बिका शर्मा, पुष्पबहादुर प्रधान, दक्ष पौडेललाई केन्द्रिय बैंकले सचेत गराएको हो ।

भट्टचनले अध्यक्षबाट राजीनामा दिइसकेका छन् । राष्ट्र बैंकको व्यवस्थाअनुसार सञ्चालक वा निजका एकाघर परिवारका सदस्यले १० प्रतिशतभन्दा बढी सेयर लिएको फर्म, कम्पनीलाई र संस्थालाई कर्जा सापटी/गैरकोषमा आधारित सुविधा प्रदान गर्न बन्देज लगाए पनि प्रभु मनि ट्रान्सफर र बैंकबीच कारोबार भएको भेटिएको थियो।

राष्ट्र बैंकले सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई नसिहत दिएको छ। बैंकका ऋणीसँग अप्रत्यक्ष कारोबार गरेको भेटिएपछि बैंकका अध्यक्ष तामाङ नसिहतमा परेका हुन्।
बैंकलाई सम्पति शुद्धिकरणसम्बन्धी ऐन तथा निर्देशनका व्यवस्थाहरु पालान नगरेको भन्दै १० लाख रुपैयाँ जरिवाना समेत गरेको छ।

राष्ट्र बैंकले एकिकृत निर्देशनमा सञ्चालक निजको वित्तीय स्वार्थ रहेको ग्राहकसँगको कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुनु नहुने निर्देशन पालना नगरेका हुन् ।

राष्ट्र बैंकले पहिलो र दोस्रो त्रैमासमा चार वाणिज्य बैंकलाई कारवाही गरेको थियो । तेस्रो त्रेमासमा दुई बैंक थपिएका हुन् ।

प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएको सीमामा कर्जा प्रवाह नगरेको पाइएपछि स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई ५७ लाख ८४ हजार ६ सय १७ रुपैयाँ जरिवाना केन्द्रिय बैंकले तिराएको छ । यसैगरी कर्जा, पुर्नकर्जा र सहूलियत कर्जा प्रदान गर्दा तोकिएको प्रक्रिया पुरा नगरेको भन्दै स्ट्यान्डर्ड चार्टर्ड र ग्लोवल आइएमइ बैंकका साथै राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठलाई केन्द्रिय बैंकले सचेत गराएको छ ।
सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन र निर्देशन पालना नगरेको भन्दै लक्ष्मी बैंकलाई २० लाख रुपैयाँ जरिवाना राष्ट्र बैंकले गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्