Shikhar Insurance

अर्थमन्त्री शर्माको पहिलो निर्णयः खोप किन्न ५ अर्ब रुपैयाँको सहमति, कोभिडसँग लड्न २ अर्ब निकासा

सिंहदरबार संवाददाता
२०७८ असार ३०, बुधबार १३:४९
NIMB
Nabil Bank

काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोभिडविरुद्धको खोप किन्न ५ अर्ब रुपैयाँ बराबरको बजेटका लागि सहमति दिएका छन् । बुधबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री शर्माले ५ अर्ब रुपैयाँबराबरको खोप किन्न सहमति दिएका हुन् ।

पदभार ग्रहण गर्दे उनले कुल चारवटा फाइलमा हस्ताक्षर गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

जसअन्तर्गत कोभिडको निःशूल्क उपचार सेवाबाट सरकारमा सिर्जित दायित्व, अस्पतालको सोधभर्ना र जोखिमभत्ता समेका लागि संघीय सरकार अन्तर्गत रहेका सरकारी अस्पताललाई ३७ करोड २४ लाख रुपैयाँ रकमान्तर र प्रदेश तथा स्थानीय तहअन्तर्गतका अस्पताललाई वित्तीय हस्तान्तरणस्वरुप ५६ करोड ४१ लाख रुपैयाँ निकासा दिइएको छ ।

अर्थ मन्त्रालयले नवनियुक्त मन्त्रीमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई यसअघि सहमति दिएर एचडीयू, आईसीयू, अक्सिजन प्लान्ट स्थापनाका लागि संघीय सरकार मातहतका अस्पताललाई ९६ करोड १२ लाख र प्रदेश तथा स्थानीय तहमा ५२ करोड ४६ लाख गरी कुल १ अर्ब ४८ करोड ५८ लाख रुपैयाँ खर्च भइसकेको रकम निकासा दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्