Shikhar Insurance

जागिरको खोजीमा हो ? नागरिक उड्डयन प्राधिकरणमा खुल्यो १६४ जनालाई आवेदन

सिंहदरबार संवाददाता
२०७८ असार ३१, बिहीबार १३:३८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले बिभिन्न पदमा १६४ जनाका लागि रोजगारीको अवसर खुलाएको छ । प्राधिकरणले खुला र समावेशी तर्फ गरि १६४ जनाका लागि आवेदन खुलाएको हो । जसमध्ये ३४ जना बरिष्ठ अधिकृतका लागि आवेदन मागिएको छ ।

बरिष्ठ अधिकृतमा १९ खुला, ५ महिला, ४ आदिवासी जनजाति, ३ मधेसी, १ दलित, १ अपांग र १ पिछडिएको क्षेत्रका लागि आरक्षण गरिएको छ । यो जनशक्तिले प्राविधिक समूहको एअर ट्राफिक सर्भिसेसतर्फ काम गर्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

एयर फायर सर्भिसेसमा समेत प्राधिकरणले १८ जना नयाँ भर्ना गर्न लागेको हो । चौथो तहका सहायक यो पदमा खुलाबाट १० र समावेशीबाट अन्य पदमा भर्ना गरिने छ । सिभिल र मेकानिकल इन्जिनियरिङतर्फ ३।३ जना वरिष्ठ अधिकृत, प्रशासन, कानून, पुस्तकालय, व्यापार प्रशासन, लेखा, राजस्व र सीएतर्फ समेत अधिकृत तहमा आवेदन खुला गरिएको हो ।

प्रशासनमा ७ अधिकृतको माग गरिएको छ । प्राधिकरणले खुला प्रतिस्पर्धामा कुल ३४ पदमा नयाँ भर्ना गर्न लागेको हो भने आन्तरिक प्रतिस्पर्धाबाट २७ पदमा पदपूर्ति गर्न लागेको छ । प्राधिकरणका अनुसार दरखास्त दिने मिति २० साउनसम्म हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्