Shikhar Insurance

अमेरिकी राजदुत बेरीसँग अर्थमन्त्रीले भनेः अमेरिकी सहयोगका परियोजनाको ‘सही कार्यान्वयन’ गर्छौं

सिंहदरबार संवाददाता
२०७८ श्रावण १२, मंगलवार १८:५१
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले भेटवार्ता गरेका छन् । भेटमा अर्थमन्त्री शर्माले भूकम्पछिको उद्धार र कोभिड महामारीको समयमा प्राप्त भएको अमेरिकी सहयोगका लागि अमेरिका सरकारलाई धन्यवाद थिए ।

शर्माले कोभिड विरुद्धको खोप नेपालको पहिलो प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरे । मन्त्री शर्माले अमेरिकी सरकारको सहयोगमा नेपालमा सञ्चालित परियोजनाहरूको कार्यान्वयनमा अनुगमन गरी तदारुकता दिन सरकारले ध्यान पुर्‍याउने प्रतिबद्धता पनि व्यक्त गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

राजदूत बेरीले कोभिड विरुद्धको लडाइँमा अमेरिका नेपालको साथमा रहेको बताएका छन् । ७० वर्षदेखि अमेरिकाले नेपालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग गर्दै आएको प्रसंग उल्लेख गर्दै उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।

कोभिड विरुद्धको खोप अभियानमा सघाउन अमेरिकाले १५ लाख डोज खोप प्रदान गरेको र आगामी दिनमा पनि आवश्यक सहयोग गर्नेतर्फ सकारात्मक रहेको बेरीको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्