Shikhar Insurance

“अब दैनिक २ रूपैयाँ तिर्न सक्नेको पनि बीमा हुन्छ”

सिंहदरबार संवाददाता
२०७८ श्रावण १३, बुधबार १४:१६
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य सिलवालले नयाँ आर्थिक वर्षमा १ सय वटा स्थानीय तहमा पुगेर बीमा सचेतनाका कार्यक्रम चलाउने बताएका छन् । सिलवालले रिलायन्स लाइफले गरेको दाबी भुक्तानीको चेक प्रदान गर्दै यस्तो बताएका हुन् ।

“दैनिक २ रुपैयाँ तिर्न सक्नेको पनि बीमा हुनुपर्छ,” सिलवालले भने, “नागरिकमा बीमा शिक्षा पुगेन, अब गाउँगाउँ जानपर्छ ।”

Citizen Life
Kumar Bank
Nepal Life

एकै व्यक्तिले दुई करोडको बीमा गर्ने र भोलिपल्टै सरेन्डर गर्ने काम पनि भइरहेकामा अब त्यस्तो काम रोक्ने उनले बताए ।

सिलवालले जीवन बीमा कम्पनीहरूलाई अन्डरराइटिङमा ध्यान दिन पनि सुझाव दिए ।

कम्पनीहरुले सिमित जनशक्ति बाट काम चलाएकाले सुशासनमा समस्या देखिएको उनको भनाइ छ । “एउटा व्यक्ति १८ देखि २० वर्ष सम्म एउटै विभागमा राख्ने काम बन्द गरौं ।”

GBIME

प्रतिक्रिया दिनुहोस्