Shikhar Insurance

भाषा परीक्षा दिएर बसेकाहरूको कोरिया जाने प्रक्रिया अघि बढ्ने

सिंहदरबार संवाददाता
२०७८ श्रावण १३, बुधबार २०:१४
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क चोङ–सुकसँग कोरिया जान नपाएका नेपालीलाई पठाउन सहजीकरण गरिदिन आग्रह गरेका छन् । बुधबार मन्त्रालयमा भेट गर्दै सुकसँग मन्त्रीले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरुलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका हुन् ।

कोभिड १९ महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन नेपाल सरकारको तर्फबाट गरिनुपर्ने काम तत्काल गर्ने प्रतिवद्धता जनाउदै मन्त्री शर्माले कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिनसमेत आग्रह गरे । “इपीएस अन्तर्गत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका हजारौं युवाहरु बेरोजगार बसेका छन् । यो समस्या चाँडै समाधान गरिनेछ भन्ने विश्वास लिएको छु,” मन्त्री मन्त्री शर्माले राजदुतसँग भने ।

Citizen Life
Kumar Bank
Nepal Life

जवाफमा राजदुत सुकले रोकिएको इपिएसको काम अघि बढाउन आफूले पहल गर्ने बताए । त्यस्तै, भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका श्रमिकहरुलाई काममा पठाउने प्रक्रिया अघि बढाइने पनि आश्वासन दिए ।

भेटको क्रममा अर्थमन्त्री शर्माले कोभिड–१९ विरुद्धको खोप सरकारको पहिलो प्राथमिकता भएको भन्दै त्यसका लागि कोरियाली सरकारबाट सहयोगको अपेक्षा राखेको पनि बताए ।

भेटको क्रममा राजदुत पार्कले कोरियाली लगानी रहेको माथिल्लो त्रिसुली–१ जलविद्युत आयोजनाको काममा भइरहेको ढिलाइबारे पनि चासो राखेका थिए । आयोजनामा ढिलाई हुँदा लागत बढ्न जानेतर्फ उनको चिन्ता थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्