Shikhar Insurance

कम्पनीमै पुगेर सम्पत्ति शुद्धिकरणको फाइल हेर्दै बीमा समिति, जोखिम कति ?

सिंहदरबार संवाददाता
२०७८ श्रावण १४, बिहीबार ११:२४
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुमै पुगेर सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी अनुगमन गर्ने भएको छ । समितिले साउन २० गतेदेखि विभिन्न टिम बनाएर कम्पनीहरुमै जाने तयारी गरेको हो ।
समितिले सुरुमा २० वटा बीमा कम्पनीहरुको अनुगमन गर्नेछ । सम्पत्ति शुद्धिकरण निवारण रोक्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले सन् २०२२ मा नेपालको सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी मूल्यांकन गर्दैछ । सो टिमले गरेको मूल्यांकन प्रतिवेदनका आधारमा एफएटीएफको बोर्डले निर्णय गर्नेछ ।

पछिल्लो समय बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरणको जोखिम रहेको बताइँदै आएको छ । विशेष गरी सिंगल प्रिमियमका पोलिसीहरुले सम्पत्ति सुद्धिकरणको जोखिम बढाएको देखिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सम्पत्ति सुद्धिकरण निवारणमा लापरवाही गरेको भेटिए समितिले पाँच करोडसम्म जरिवाना र कम्पनीको लाइसेन्स नै खारेज गर्ने अधिकार राख्छ । ‘बीमा कम्पनीहरुमा सम्पत्ति शुद्धिकरणको जोखिम रहेको बताउने गरिएको छ, अर्काे वर्ष एफएटीएफको अनुगमन आउँछ, अहिले पनि हामी तथ्ंयांकहरु पठाइरहेका छौं, साउन २० गतेदेखि कम्पनीहरुको स्थलगत अनुगमनमा जाँदैछौं,’ समितिका उच्च अधिकारीले सिंहदरबारसँग भने ।

हालका लागि एफएटीएफले नेपालमा सम्पत्ति शुद्धिकरण निवारणको तथ्यांक मागेर अध्ययन गरिरहेको छ । वित्तीय सूचना एकाई (एफआईयू) मार्फत् अहिले तथ्यांक पठाइँदै आएको छ ।

यदी टास्क फोर्सको स्थलगत अध्ययनका आधारमा नेपाल जोखिमको सूचीमा पुग्यो भने अन्तर्राष्ट्रिय समुदायमा नेपालको वित्तीय गुडविल धरापमा पर्छ ।

त्यसले नेपालमा भित्रिने लगानीका लगानीकर्तादेखि दातृ निकायले नेपालमाथि विश्वास गुमाउँछन् । अर्थात् नेपालको वित्तीय क्षेत्रले आतंकबाद र लागुपदार्थसंबद्ध पैसा कारोबार हुने रहेछ भन्ने सन्देश जान्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्