Shikhar Insurance

‘विगतको नेतृत्वलाई गाली नगर्ने’ किसिमको श्वेतपत्र आज आउँदै

सिंहदरबार संवाददाता
२०७८ श्रावण २६, मंगलवार १२:१३
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आज श्वेतपत्र ल्याउने भएका छन् । मन्त्री शर्माले प्रतिनिधिसभाको बैठकमा देशको वर्तमान आर्थिक स्थिति प्रस्तुत हुने भएको हो ।

मन्त्री शर्माले यसअघि कसैलाई गाली गर्ने नभइ देशको यथार्थ चित्रण गर्ने किसिमको श्वेतपत्र ल्याउने दाबी गरेका छन् । श्वेतपत्र कसैलाई खराब देखाएर आफू राम्रो बन्ने जमर्को गर्न नभएर साँच्चै यथार्थ स्थिति प्रश्तुत गर्न ल्याउन लागिएको मन्त्री शर्माले बताएका छन् । भिलेनलाई पछारेर हिरो बन्ने फिल्मी शैली नअपनाउने उनको उद्घोष छ ।

Citizen Life
Kumar Bank
Nepal Life

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले साढे ३ वर्षअघि श्वेतपत्र ल्याउँदा अर्थतन्त्र खराब स्थितिमा रहेको देखाउँदै त्यसको कारण विगतको नेतृत्व रहेको औंल्याएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्