Shikhar Insurance

कुलमानको ‘सेकेन्ड इनिङ्स’मा चुनौती नै चुनौती, यस्ता छन् पहिलो कार्यकालमा गरेका कामहरू

सिंहदरबार संवाददाता
२०७८ श्रावण २७, बुधबार ११:५२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल विद्युत प्राधिकारको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङको समाचार नेपालका सञ्चारमाध्यमहरुले सम्प्रेषण गरेका छन् । सोमबारको मन्त्रिपरिषदको वैठकले प्राधिकरणमा लोकप्रिय व्यवस्थापक कुलमान घिसिङलाई नेतृत्वको दोस्रो कार्यकाल सुम्पिएको बताइएको छ ।

स्रोतको हवाला दिँदै सम्प्रेषित समाचारमा घिसिङले बुधबार नै कार्यभार सम्हाल्ने बताइएको छ । उनको यो दोस्रो कार्यकाल हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल सरकारले २०७३ साल भदौ २९ गते उनलाई ४ वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । उनको सो कार्यकाल प्राधिकरणको इतिहासको स्वर्णीम युग मानिन्छ ।

उनको पहिलो इनिङ्समा नेपालमा लोडसेडिङको अन्त्यमात्र भएको थिएन, विद्युत चुहावट इतिहासकै न्यून बिन्दुमा पुगेको थियो भने घाटामा चलेको प्राधिकरण वार्षिक १० अर्ब रुपैयाँसम्म नाफा गर्न सक्षम भएको थियो ।

हेरौं, कुलमानले केके गरेका थिए ?
मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र मबीच प्राधिकरण सुधारका विभिन्न सूचकांकहरु तयार गरी कार्यसम्पादन सम्झौता भएको थियो । ऊर्जा मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा आर्थिक वर्ष (आव) २०७३/७४मा ८८.१९, आव ०७४/७५मा ८७.९८, आव ०७५/७६ मा ८६.८२ र आव २०७६/७७ मा ८७.५५ प्रतिशत प्राप्त भएको थियो ।

उनले जिम्मेवारी सम्हाल्दा लोडसेडिङको अन्धकारले मुलुक अक्रान्त थियो । वर्षात्को समयमा समेत ६ देखि ८ घण्टाको लोडसेडिङ व्यहोरिरहनु परेको र हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्नु पर्ने प्रक्षेपण थियो ।

प्राधिकरणको वित्तीय अवस्था अत्यन्त नाजुक थियो । प्राधिकरणको आव २०७२/७३ सम्ममा सञ्चित घाटा ३४ अर्ब ६१ करोड रुपैयाँ पुगेको थियो भने सोही वर्ष ८ अर्ब ८९ करोड खुद नोक्सानी थियो । एकातर्फ कहालिलाग्दो अँध्यारोले मुलुक अक्रान्त थियो भने अर्कोतर्फ प्राधिकरणको घाटाको ग्राफ बढ्दो क्रममा थियो । प्रणालीमा वार्षिक विद्युत् चुहावट २५.७८ प्रतिशत थियो, करिब ६३ प्रतिशत जनता मात्रै ग्रीडको विद्युत पहुँचमा थिए । सरकारले मलाई दिएको मुख्य जिम्मेवारी पनि लोडसेडिङको अत्य गरी अँध्यारो युगलाई उज्यालो बनाउने र प्राधिकरणको सुधार गर्ने नै थियो ।

वर्षभरीमा सबैभन्दा बढी विद्युत माग हुने तिहारको लक्ष्मीपूजाका दिन कुशल व्यवस्थापन एवं प्रभावकारी प्रणाली संचालनमार्फत परीक्षणको रुपमा मुलकभरी निरन्तर विद्युत आपूर्ति गर्न प्राधिकरण सफल भएको थियो ।

२०७३ को लक्ष्मीपूजाको दिन लोडसेडिङ अन्त्य गरी मुलुकलाई उज्यालो बनाउने प्रस्थान बिन्दु थियो । लक्ष्मी पूजाका दिन हासिल भएको सफलताले प्राधिकरणलाई थप हौसला प्रदान गर्यो । त्यसपछि पहिलो चरणमा राजधानीसहित मुलुकका प्रमुख शहरमा लोडसेडिङ अन्त्य गर्नतर्फ कुलमान केन्द्रीत भए ।

अन्ततः मुलुकलाई उज्यालोतर्फ अगाडि बढाउन कुलमान सफल भए । वैशाख २०७५ देखि औद्योगिक ग्राहकका लागि पनि लोडसेडिङ अन्त्य गरी मुलुकबाट लोडसेडिङलाई इतिहासमा विलय गराउने काम कुलमानकै हो ।

विद्युत् माग र आपूर्तिबीचको सन्तुलित, वैज्ञानिक व्यवस्थापन र इमान्दार प्रयासबाट मुलुकलाई लोडसेडिङमुक्त बनाउन सफल कुलमान सफल भए । तर, लोडसेडिङ अन्त्य गर्नु मात्र उनको अन्तिम अभिष्ट थिएन । उनको योजना प्राधिकरणको चौतर्फी सुधार र विभिन्न कारणले जीर्ण बनेका तथा अलपत्र अवस्थामा रहेका उत्पादन, प्रसारण तथा वितरणतर्फका आयोजना सम्पन्न गर्नु तथा नयाँ सुरु गर्नु थियो । जीर्ण बनेका अधिकांश आयोजनाहरु निरन्तरको प्रयासबाट निर्माण सम्पन्न भएका छन् भने केही सम्पन्न हुने चरणमा पुगेका छन् ।

प्राधिकरणलेसञ्चालन गरेको ‘उज्यालो नेपाल अभियान’ बाट जनताले नियमित विद्युत आपूर्ति मात्रै पाएका छैनन् प्राधिकरणको प्रशासनिक तथा वित्तीय सुधार पनि भएको छ । ऋणात्मक रहेका प्राधिकरणका वित्तीय सूचकांकहरु धनात्मक बनेका छन् ।

उनले जिम्मेवारी सम्हालेको पहिलो आर्थिक वर्षमा प्राधिकरण १ अर्ब ४७ करोड खुद नाफा कमाउन सफल भयो, त्यसपछिका वर्षहरुमा नाफाको ग्राफ उकालो लाग्दै गयो । दोश्रो वर्ष २ अर्ब ८५ करोड, तेश्रो वर्ष ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद नाफा कमायो, चौथो वषमा नाफा बढेर ११ अर्ब ५ करोड रुपैयाँ पुगेको थियो ।

कुनै वेला कर्मचारीलाई तलब खुवाउन पनि सरकारको मुख ताक्नु पर्ने अवस्थामा पुगेको प्राधिकरण संचालनमा रहेका सार्वजनिक संस्थानहरुमध्ये दुई वर्षदेखि सबैभन्दा बढी खुद नाफा कमाउने संस्था बनेर गौरबपूर्ण इतिहास बनाउन सफल भएको थियो ।

ऋणात्मक रहेको प्राधिकरणको सञ्चित कोष धनात्मकतर्फ अघि बढिरहेको छ । चार वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित नोक्सानी रहेकोमा आव ०७६/७७मा प्राधिकरणले सम्पूर्ण सञ्चित नोक्सानीलाई शून्यमा झारी करिब ५ अर्ब रुपैयाँ नाफामा लैजान सफल भएका थिए ।

कर्मचारीको तलब खुवाउन समेत सरकारको मुख ताक्नु पर्ने अवस्थाबाट गुज्रिरहेको प्राधिकरणले पूर्वाधार विकासका योजना बनाउँदा खुट्टा कमाउनु पर्ने अवस्था थियो । तर अबका दिनमा उत्पादन, प्रसारण र वितरणको लागि आवश्यक वजेट प्राधिकरण आफैंले पनि व्यवस्था गर्न सक्ने अवस्थामा पुगेको छ । प्राधिकरणको संस्थागत जमानीमा बहुपक्षीय वित्तीय संस्थाहरुबाट ऋण लिन सकिने अवस्था सिर्जना हुन थालेको छ । प्राधिकरणको छविमा सुधार उनैको कारण आएको छ । आमनागरिकको प्राधिकरणप्रतिको दृष्टिकोणमा परिवर्तन भएकोे छ । प्राधिकरणका कर्मचारीले गर्व अनुभव गर्ने दिन आएको छ ।

लोडसेडिङ अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि संचालन गरिएको अभियानबाट प्रसारण तथा वितरणतर्फको विद्युत् चुहावट उल्लेख्य रुपमा घटेको छ । ४ वर्षअघि प्रणालीमा रहेको २५.७८ प्रतिशत विद्युत चुहावटलाई घटाएर अहिले १५.२७ प्रतिशतमा झारिएको छ ।
देशभरका करिव ८६ प्रतिशत जनताले ग्रीडको विद्युतमा पहुँच पाएका छन् । अफ ग्रीडसहित करिब ९० प्रतिशत जनताले विद्युत उर्जामा पहँुच प्राप्त गरेका छन् । चारवर्षअघि प्रतिव्यक्ति प्रतिवर्ष विद्युत् खपत १३०.७८ युनिट मात्रै रहेकोमा गत वर्षसम्म बढेर २६० युनिट पुगेको छ ।

चार वर्ष अगाडि १४ घन्टासम्मको लोडसेडिङ हुँदा मुलुकभित्रको कूल विद्युत खपतको करिब ३५ प्रतिशत विद्युत भारतबाट आयात भइरहेको थियो । तर, विद्युत खपत करिव ७५ प्रतिशतले बढेको अवस्थामा समेत आव २०७६/७७मा कूल उपलब्ध विद्युतकोे २२ प्रतिशत मात्रै आयात भएको छ भने आयातको ६ प्रतिशत विद्युत निर्यात गरिएको छ । नेपाल विद्युतमा आत्मनिर्भर बन्दैछ ।

सरकारको नीति तथा कार्यक्रम अनुसार प्राधिकरणले इतिहासमा पहिलोपटक उपभोक्ताको महशुल घटाएको थियो । १० युनिटसम्म खपत गर्ने ग्राहस्थ उपभोक्तालाई ईनर्जी शुल्क निःशुल्क र न्युनतम शुल्क ३० मात्र तिर्नु पर्ने व्यवस्था गरिएको थियो । समग्रमा ग्राहस्थ उपभोक्ताको महशुल करिव ८—९ प्रतिशतले घटाइएको छ भने औद्योगिक, व्यापारिक, गैरव्यापारिक उपभोक्ताहरुलाई लाग्दै आएको डेडिकेटेड र ट्रंक लाईनको महंगो महशुल हटाइएको दाबी कुलमानको छ ।

सामुदायिक खानेपानी, सिंचाई तथा चार्जिङ स्टेसनको महशुल घटेको कुलमानको दाबी छ । यसले गर्दा विद्युत माग बढ्ने अपेक्षा उनको थियो । आगामी दिनमा अमेरिकी डलरमा विद्युत खरिद सम्झौता गरिएको खिम्ती–१ र स्वदेशी लगानीको माथिल्लो तामाकोशीको विद्युत सस्तोमा आउने हुँदा ग्राहकको विद्युत महशुल अझ सस्तो गर्न सकिने कुलमानको भनाइ छ ।

एकातर्फ लोडसेडिङ इतिहासमा बिलय भई नियमित विद्युत् आपूर्ति हुन थालेपछि पछिल्ला वर्षहरुमा मुलुकको आर्थिक बृद्धिदर उत्साहजनक छ भने अर्कोतर्फ प्राधिकरणले सम्पूर्ण क्षेत्रमा सुधार मात्र होइन, उल्लेखनीय फड्को मारेको छ । संस्थाभित्रको आर्थिक पारदर्शीता, जवाफदेहिता र सुशासनलाई कठोरताका साथ लागू गरिएको छ ।

भूमिगत तार विछ्याई काठमाडौ उपत्यकालाई तार र पोलरहित वनाउन, स्मार्ट मिटर जडान गर्ने, ग्रीडलाई स्वचालित गर्ने आदि कार्यको थालनी भएको छ । डिजिटल एनईए बनाउने कार्यको लागि आवश्यक प्रकृया सुरु भैसकेको छ ।

आयोजना निर्माणलाई तिब्रता दिन लामो समयदेखि अलपत्र अवस्थामा रहेका विद्युत प्रसारण र वितरणतर्फका केही आयोजनाहरुको ठेक्का सम्झौता रद्द गरी नयाँ ठेक्का लगाइएको छ । निर्माणाधीन आयोजनाहरु सम्पन्न गर्न अयोजनास्थलको नियमित निरीक्षण एवं अनुगमन गरिएको छ ।

लामो समयदेखि रुग्ण भएर वसेका माथिल्लो त्रिशूली ३ ए, चमेलिया र कुलेखानी ३ आयोजनाहरु उनकै पालमा सम्पन्न भएका थिए । उनको पालमा निजी क्षेत्रकासहित गरी जम्मा ४५७ मेगावाटका जलविद्युत आयोजना संचालनमा आएका थिए । प्रसारण र वितरण लाइनका रुग्न आयोजनाहरु सम्पन्न भएका छन् र केही ठूला आयोजनाहरु सम्पन्न हुने चरणमा थिए ।

उनी बिदा हुँदै गर्दा अन्तरदेशीय प्रसारण लाइनको क्षमता अभिबृद्धि भै करिव १५०० मेगावाट पुगेको थियो । नेपाल–भारत दोश्रो अन्तदेशीय प्रसारण लाइन न्यू बुटवल–गोरखपुरको लागि लगानी ढाँचा तयार भएको थियो । साथै नेपाल चीनबीचको रातोमाटे रसुवागढी केरुङ ४०० केभी प्रसारण लाइन निर्माणको लागि समझदरीपत्रमा हस्ताक्षर भै कार्य अगाडि बढेको थियो ।

उनको चार वर्षेकार्यकालमा देशका लागि आवश्यक केही महत्वपूर्ण योजनाहरु निरन्तरको प्रयासबाट पुरा हुन सकेका थिएनन्ः माथिल्लो तामाकोशीसहित चिलिमे जलविद्युत कम्पनीअन्तर्गतका आयोजनाहरु सम्पन्न गर्ने, ढल्केबरमा ४०० केभी सबस्टेसन चार्ज गर्ने, देशलाई विद्युत्मा आत्मनिर्भर बनाउँदै निर्यात गर्ने, काठमाडौं उपत्यकालाई तार र पोल रहित बनाउने, स्मार्ट मिटर र ग्रीड स्वचालित प्रणाली देशभरी लागू गर्ने, देशभरका शतप्रतिशत जनतालाई विद्युत्मा पहुँच पुर्याउने, डिजिटल एनईए बनाउने आदि ।

यी मध्ये माथिल्लो तामाकोशी र ढल्केबरको काम सकिएको छ ।

उनकै पालामा अर्थात् २०७५ वैशाख ३१ गतेबाट यस अवधिमा औद्योगिक क्षेत्रको बेलुकाको पिक डिमाण्ड हुने समयमा समेत निरन्तर विद्युत आपूर्ति गरी देशबाट लोडसेडिङ अन्त्य भएको औपचारिक घोषणा गरिएको थियो । प्राधिकरणलाई सार्वजनिक संस्थाहरुमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्थाको रुपमा लगातार दुई वर्ष स्थापित गर्न कुलमान सफल भएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्