Shikhar Insurance

अब विदेशी ग्यास छोडौं, स्वदेशी बिजुली जोडौं : बिजुली सस्तिने, २० युनिट सित्तैमा

सिंहदरबार संवाददाता
२०७८ श्रावण २७, बुधबार १९:१७
NIMB
Nabil Bank

काठमाडौं । सरकारले एलपीजी ग्यासको प्रयोगलाई निरुत्साहित गर्ने भएको छ । ऊर्जामन्त्री पम्फा भुसालले अब आयातीत ग्यासको सट्टा विद्युतीय चुल्हो प्रयोग बढाउने नीति लिएकी छिन् ।

यो सँगै पेट्रोलियम इन्धनमा बाहिरिने अर्बौं रुपैयाँ देशभित्रै बस्नेछ भने नेपाल आयल निगमले सहँदै आएको प्रतिसिलिन्डर साढे ४ सय रुपैयाँ घाटा न्यूनीकरण हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

मन्त्री भुसालले विद्युत खपत बढाउन, आयातीत ग्यास लाई विस्थापन गर्दै आफ्नै देशमा उत्पादन हुने विद्युतको उपभोग बढाउन अभिप्रेरित गर्नका लागि विद्युत महशुल समायोजन गर्ने बताएकी छन् । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले पनि महसुल घटाउने तथा २० युनिटसम्म बिजुली उपभोग गर्ने सर्वसाधारणको शुल्क मिनाहा गर्ने निर्णय गरिसकेको छ ।

गत आर्थिक वर्षमा मात्रै १ खर्ब ६० अर्ब ५३ करोड बराबको पेट्रोलियम पदार्थ आयात भएको छ । जसमा डिजेल ९१ अर्ब ९४ करोड, पेट्रोल ३२ अर्ब ४४ करोड र एलपी ग्यास ३६ अर्ब १५ करोडको रहेको छ ।

भुसालले ‘विदेशी ग्यास छोडौं, स्वदेशी बिजुली जोडौं’ भन्ने नाराका साथ विद्युतीय चुल्होको प्रयोग बढाउदै लैजाने बताएकी छनन् ।
गत आर्थिक वर्षमा मात्रै ३ करोड २७ लाख २५ हजार २ सय ९१ थान सिलिन्डर ग्यास आयात भएको छ । यसबाट देशलाई करिब १० अर्ब रकम घाटा भएको छ ।

यस्तै डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनलाई विस्थापित गर्दै विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि गर्दै लान विद्युत महाशुलमा सहुलियत दिने र यसै वर्षभित्र ५० ओटा चार्जिङ स्टेसन निर्माण गर्ने मन्त्री भुसालको योजना छ ।

 

यस्ता छन् उनको कार्यकालका योजनाहरुः

– प्रत्येक प्रदेशमा अर्धजलाशय र जलाशय युक्त आयोजनाहरु विद्युत प्राधिकरण मार्फत अघि बढाउने । (प्रदेश नं. २ मा सोलार आयोजना निर्माण गर्ने) ।

(तमोर ७५६ मेगावाट , दुधकोशी ६३५ मेगावाट, सुनकोशी–३ ५३६ मेगावाट , बुढीगण्डकी १२०० मेगावाट, नाल्सिङगाढ़ ४१० मेगावाट, नौमुरे २४५ मेगावाट, माडी दाङ डाइभर्सन पश्चिम सेती ७५० मेगावाट लगाएतका आयोजना हरु)

– निर्माणाधीन आयोजनाहरुको निर्माण कार्यलाई तिब्रताका साथ अघि बढाउने ।

(रसुवागढी १११ मेगावाट, सान्जेन ५७ मेगावाट, मध्यभोटेकोशी १०२ मेगावाट, त्रिशुली ३ बि ३७ मेगावाट, राहुघाट ४० मेगावाट, तनहु सेती १४० मेगावाट)

– विद्युत उत्पादन कम्पनिद्वारा प्रबर्तित जगदुल्ला, फुकोट कर्णाली लगाएतका आयोजनाहरुको निर्माण कार्य सुरु गर्ने ।

– निजी क्षेत्र बाट निर्माणाधीन आयोजनाहरु छिटो सम्पन्न गर्न आवश्यक समन्वय एवम् सहजीकरण तथा अनुगमन गर्ने कार्य प्रभावकारी बनाउने ।

– निर्माणाधिन प्रसारण लाईनहरु तोकिएको समयभित्र सम्पन्न गर्न आवश्यक संयन्त्र वनाई कार्यन्वयन गर्ने र अनुगमनको कामलाई तिब्रता दिने ।

– समयमा गुणस्तरीय काम गर्दा पुरस्कार र काम नगर्दा दण्डको व्यवस्था गर्ने ।

– कालिगण्डकी, मर्स्याङ्दी, कोशी, दोर्दी, चिलिमे, खिम्ति–काठमाडौ, मर्स्याङ्दी–काठमाडौ, सोलु आदि करिडोरका प्रसारण लाईनहरु सम्पन्न गर्ने । ईनरुवा ढल्केवार हेटौडा ४०० के.भी. प्रसारणलाइन निर्माण सम्पन्न गर्ने ।

– बुटवल–गोरखपुर, बुटवल–अत्तरिया, कर्णाली कोरिडोर, भेरी कोरिडोर, सेती कोरिडोर, कोशी कोरिडोरका ४०० के.भी. प्रशारणलाइनहरु निर्माणको लागि अघि बढाउने ।

– सबै जिल्लामा २ वर्षभित्रमा पूर्ण विद्युतीकरण गर्ने । राष्ट्रिय प्रसारणलाइन नपुगेका क्षेत्रहरुमा विद्युतीकरण गर्न वैकल्पिक ऊर्जा प्रणालीहरु जडान गर्ने ।

–             वितरण लाईन तथा सबस्टेसनहरुको क्षमता वृद्धि गर्दै वितरण प्रणालीको गुणस्तर सुधार गर्ने । शहरी क्षेत्रमा वितरण प्रणालीलाई भूमिगत गर्ने कार्यलाई विस्तार गर्दै लैजाने ।

– स्मार्ट मिटर जडान कार्यलाई देशभर विस्तार गर्ने, सबस्टेसन अटोमेसन कार्यलाई अघि बढाउने ।

– चोरी तथा चुहावट नियन्त्रण कार्यलाई प्रभावकारी ढंगले अघि बढाउने ।

(हाल चुहावट बढेर करिब १७ प्रतिशत पुगेको छ । १ प्रतिशत चुहावट बराबर झन्डै ८० करोड हुन् आउँछ।)

– कृषि उत्पादनलाई बढाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन खेतियोग्य जमिनहरुमा सिंचाईका लागि विद्युतिकरण कार्य अगाडि बढाउने ।

– २० युनिटसम्म खपत गर्ने विपन्न वर्गको ग्राहकहरुलाई निःशुल्क विद्युत उपलब्ध गराउने ।

(नेपाल विद्युत प्राधिकरण  संचालक समितिले निर्णय गरिसकेको)

– विद्युत खपत बढाउन, आयातीत ग्यास लाई विस्थापन गर्दै आफ्नै देशमा उत्पादन हुने विद्युतको उपभोग बढाउन अभिप्रेरित गर्नका लागि विद्युत महशुल समायोजन गर्ने ।

(नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले निर्णय गरिसकेको)

(गत आर्थिक वर्षमा मात्रै १ खर्ब ६० अर्ब ५३ करोड बराबको पेट्रोलियम पदार्थ आयात भएको छ । जसमा डिजेल ९१ अर्ब ९४ करोड, पेट्रोल ३२ अर्ब ४४ करोड र एलपी ग्यास ३६ अर्ब १५ करोड )

– ‘बिदेशी ग्यास छोडौं, स्वदेशी बिजुली जोडौं’ भन्ने नाराका साथ विद्युतीय चुल्होको प्रयोग बढाउदै लाने ।

(सरकारले ग्यास प्रतिसिलिन्डर ४ सय ४२ रुपैया घाटामा बिक्रि गरिरहेको छ । गत आर्थिक वर्षमा मात्रै ३ करोड २७ लाख २५ हजार २ सय ९१ थान सिलिन्डर ग्यास आयात भएको छ । यसबाट देशलाई करिब १० अर्ब रकम घाटा भएको छ ।)

– डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनलाई विस्थापित गर्दै विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि गर्दै लान विद्युत महाशुलमा सहुलियत दिने र यसै वर्षभित्र ५० ओटा चार्जीङ्ग स्टेसन निर्माण गर्ने ।

– हेभी ड्युटीका गाडी वाहेक अन्य प्रयोजनका लागि यस मन्त्रालय र मातहतका कार्यालयले विद्युतिय गाडी खरिद गर्ने ।

– बढी भएको विद्युत निर्यात गर्न अन्तरदेशीय विद्युत बजारको सुनिश्चितता गर्ने।

– पारदर्शीता, उत्तरदायित्व बहन र सुशासनलाई पहिलो प्राथमिकतामा राख्दै भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता अपनाईने ।

– ‘राइट म्यान एट राइट प्लेस’ सिद्धान्तका आधारमा कर्मचारीलाई जिम्मेवारी प्रदान गरिने र कामको आधारमा दण्ड र पुरस्कारको व्यवस्था गर्ने ।

– विद्युत उत्पादन अनुमतिपत्र प्रदान गर्ने, नविकरण गर्ने कार्यहरुलाई पारदर्शी र प्रभावकारी बनाउने र निजि क्षेत्रबाट संचालनमा रहेका र निर्माणाधीन आयोजनाहरुको गुणस्तर कायम गर्न अनुगमनलाई तिब्रता दिने ।

– अनुसन्धानात्मक कार्यलाई प्रोत्साहन गर्न अध्ययन संस्थाहरुसंग सहकार्य गर्ने

– जल तथा मौसम विज्ञान विभागले विश्वसनीय र भरपर्दो जल तथा मौसम सेवा सेवा उपलब्ध गराउने ।

– देशभरको खेतीयोग्य जमिनमा सिचाई सुविधा उपलब्ध गराउने गरि कार्यक्रम तयार गर्ने ।

– स्यालो ट्यूवेल सिमान्तकृत र साना कृषकहरूको जीवनस्तर उठाउने माध्यम भएकोले  विद्युत बढी माग हुने समयमा महसुलमा ८०५ र अन्य समयमा पुर्ण रूपमा छुट दिइने छ । यसबाट ३ लाख ८८ हजार  घर धुरीका कृषकहरूको जीवनस्तर उठाउन महत्वपुर्ण योगदान हुनेछ  । यस्तो सहुलियतवाट आगामी दिनहरूमा कृषकहरु स्वतः स्फुर्तरुपमा ट्यूवेल जडानमा प्रोत्साहन मिल्ने र सिंचित क्षेत्रको विस्तारमा महत्वपुर्ण योगदान हुनेछ।

– डिप ट्युवेलमा विद्युत बढी माग हुने समयमा महसुलको ५० प्रतिशत र अन्य समयमा ८० प्रतिशत छुट दिइनेछ । यसबाट ट्यूवेलहरु पूर्ण क्षमतामा सञ्चालन भइ ७५ हजार घर धुरी कृषकहरू लाभान्वित हुने, बाली सघनता र कृषि वालि उत्पादन वृद्धि भइ खाद्य सुरक्षा र व्यापार घाटा न्यूनिकरणमा योगदान दिने छ ।

– यस अघि संचालनमा आइ विद्युत महसुलको बक्यौताका कारण संचालन हुन नसकेका डिप ट्यूवेलहरु पूनः सञ्चालन हुने अवस्था आएमा जरिबाना छुट दिइ विद्युत लाइन पुनः  जडान गरिने छ । यसबाट विद्युत महसुलको कारणले बन्द भएका ट्यूवेलहरु पुनः सञ्चालनमा आउने छन् ।

– सतहको पानी लिफ्ट प्रविधि प्रयोग गरी कृषिमा प्रयोग गर्ने कृषकहरूलाई विद्युत बढी माग हुने समयमा ५०५ र अन्य समयमा ८०५ छुट दिइने छ ।यसबाट नगदे वालिको व्यापक विस्तारमा सहयोग पुर्‍याउने छ।

– कृषि उत्पादन वृद्धि गर्दै कृषिजन्य बस्तुको आयात घटाउन किसानलाई सिंचाईमा प्रयोग हुने विद्युतमा अघिकतम सहुलियत प्रदान गर्ने ।

(नेपाल विद्युत प्राधिकरण  संचालक समितिले निर्णय गरिसकेको)

– नदि बेसिनहरुको अध्ययन कार्यलाई सम्पन्न गर्ने ।

GBIME

प्रतिक्रिया दिनुहोस्