Shikhar Insurance

रुरु जलविद्युतका लगानीकर्ता मालामालः एकै पटक २०.५२६३ प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०७८ भाद्र २, बुधबार ११:१३
NIMB
Nabil Bank

काठमाडौं । रुरु जलविद्युत परियोजनाका लगानीकर्ताले एकै पटक २०.५२६३ प्रतिशत लाभांश पाउने भएका छन् । भदौ १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले दुई आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई सो मात्रामा लाभांश दिने निर्णय गरेको हो ।

रुरुले आर्थिक वर्ष २०७६।७७ को नाफाबाट लगानीकर्तालाई १० प्रतिशत नगद लाभांश र आर्थिक वर्ष २०७७।७८ को नाफाबाट थप १०.५२६३ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । परियोजनाको आगामी बार्षिक साधारण सभाबाट पारित गरेपछि लगानीकर्ताले एकै पटक सो मात्रामा लाभांश पाउनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्