Shikhar Insurance

भीम आचार्यलाई मुख्यमन्त्री उपहार, विश्वासको मत नपाउने पक्का

सिंहदरबार संवाददाता
२०७८ भाद्र १०, बिहीबार १३:१९
NIMB
Nabil Bank

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्रीमा नेकपा एमालेका सचिव भीम आचार्य नियुक्त भएका छन् । शेरधन राईले पदबाट राजीनामा दिएसँगै नेकपा एमाले संसदीय दलका नेता बनेका आचार्य मुख्यमन्त्रीमा नियक्त भएका हुन् ।

प्रदेशसभामा एमालेको एकल बहुमत भएकाले संसदीय दलको नेता चयन भएका आचार्य मुख्यमन्त्री बनेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रदेश नं. १ मा ९३ जना प्रदेशसभा सदस्य छन् जसमध्ये ५२ सांसद एमालेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ (१) अनुसार आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । आचार्यले पद तथा गोपनियताको सपथ पनि लिएका छन् ।

वरिष्ठ नेता माधव नेपालले नयाँ पार्टी बनाउनुअघि नै आचार्यले मुख्यमन्त्रीको बार्गनिङ गरेका थिए । नेकपा एकीकृत समाजवादी गठन भएसँगै प्रदेशसभामा अंकगणित हेरफेर हुँदैछ । प्रदेशसभाका धेरै सांसद नेपालको पार्टीमा जाने बताइएको छ । यदी त्यसो भए नवनियुक्त मुख्यमन्त्रीको पद धरापमा पर्नेछ । उनले विश्वासको मत नपाउने सम्भावना छ । प्रदेशमा माधव पक्षका ८ भन्दा बढी सांसद छन् ।

सत्ता गठबन्धनले ओली नेतृत्वको एमालेलाई प्रतिपक्षमा राख्ने तयारी गरिसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्