Shikhar Insurance

प्युठानको विजुवारमा कृषि विकास बैंकले खोल्यो शाखा

सिंहदरबार संवाददाता
२०७८ आश्विन ७, बिहीबार १९:२५
NIMB
Nabil Bank

काठमाडौं । कृषि विकास बैंकले प्युठान जिल्लाको विजुवारमा शाखा कार्यालय खोलेको छ । विजुवार शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र प्युठान नगरपालीकाका नगर प्रमुख अर्जुनकुमार कक्षपतिले गरे ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बैंकले नुन देखि सुनसम्म कारोबार गर्ने भएकोले आर्थिक क्रियाकलापलाई चलायमान बनाई राख्न स्थानीय सरकार समक्ष बैंक सदैव हातेमालो तथा सहकार्य गर्न तयार रहेको बताए । नगरप्रमुख कक्षपतिले स्थापना कालदेखि सर्वसाधारणले रुचाएको स्थापित पुरानो सरकारी बैंक कृषि विकास बैंकले प्रतिस्पर्धी बैंकको भिडमा जनताको भावना र चाहना बमोजिम आफुलाई परिवर्तित गर्दै लैजानु पर्नेमा जोड दिए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्