Shikhar Insurance

युवा तथा साना व्यवासायी स्वरोजगार कोषको २ दिने तालीम सम्पन्न

सिंहदरबार संवाददाता
२०७८ आश्विन १७, आईतवार १७:०८
NIMB
Nabil Bank

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले देशभरका जिल्लाका ६१ जना कर्जा असुली सहजकर्ताहरुलाई तालीम दिएको छ । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको कोषले असोज १५ र १६ गते २ दिने तालीम भक्तपुरको नगरकोटमा सम्पन्न गरेको हो ।

कर्जा असुली सहजकर्तालाई दिइएको दूई दिवसीय आधारभूत तालीमको उद्घाटन कोषका उपाध्यक्ष डा. देवराज रोक्काले गरेका थिए । कोषले दिएको सो तालीमको उद्देश्य, प्रशिक्षणका विषय तथा सम्पुर्ण तालीमको प्रभावकारीताको बारेमा कार्यकारी निर्देशक विश्व मोहन अधिकारीले गराएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

कोषले जिल्लामा कार्यरत कर्जा असुली सहजकर्ताहरुलाई स्वरोजगार कर्जा लगानी, अनुगमन, तालीम, बिमा, सरकारी लेखा, असुली, कारवाही, उत्प्रेरणा लगायत कोषका कार्यक्रम सञ्चालन गर्दा आइपर्ने सम्पूर्ण विषय वस्तुहरुको ज्ञान दिएको छ ।

उक्त तालीमको प्रशिक्षण कोषका कार्यकारी निर्देशक, कोषका शाखा प्रमुख, अन्य संस्थाका विज्ञहरुले गराएका थिए ।

स्वरोजगारिता सिर्जनाका लागि कोषेढुंगाको रुपमा विभिन्न जिल्लामा विगत १० वर्षदेखि कर्जा असुली सहजकर्ताहरुलाई कोषले यसप्रकारको तालीम दिँदै आएको छ ।

सहभागी प्रशिक्षार्थिहरुले तालीम निकै प्रभावकारी रहेको र आगामी दिनमा कोषको कार्यक्रम सञ्चालनमा तालीमले निकै सहयोगि भुमिका खेल्ने प्रतिक्रिया दिएका थिए ।

No description available.

No description available.

GBIME

प्रतिक्रिया दिनुहोस्