Shikhar Insurance

न्यादी हाइड्रोपावर कम्पनीको आइपीओमा आवेदनको ओइरो, ३ दिनमै मागभन्दा साढे ११ गुणा बढी आवेदन

सिंहदरबार संवाददाता
२०७८ आश्विन १८, सोमबार १८:४०
NIMB
Nabil Bank

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आइपीओ) मा करिब १९ लाख आवेदन परेको छ । गत असोज १५ गतेदेखि बिक्री खुल्ला गरिएको सो आइपीओमा ३ दिनमै १८ लाख ९३ हजार ९ सय ५७ जनाले आवेदन दिएका छन् ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित २ करोड ४० लाख ८९ हजार ९४० कित्ताका लागि आवेदन माग गरेको थियो । जसमा २ अर्ब ४० करोड ८९ लाख ९४ हजार रुपैयाँ बराबरको माग परेको कम्पनीले जानकारी दिएको छ । जुन माग गरिएकोभन्दा सोमबार साँझसम्म परेको आदेदन साढे ११ गुणा बढी हो ।

 

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्