Shikhar Insurance

न्यादी हाइड्रोपावरको आईपीओमा साढे २३ लाखले दिए आवेदन, पर्ने सम्भावना कति ?

सिंहदरबार संवाददाता
२०७८ आश्विन १९, मंगलवार १७:३९
NIMB
Nabil Bank

काठमाडौं । न्यादी हाइड्रोपावरको साधारण सेयर (आईपीओ) मा कुल साढे २३ लाख जनाले आवेदन दिएका छन् । असोज १५ गतेदेखि बिक्री खुला गरिएको सो आइपीओमा अन्तिम दिन अर्थात् मंगलबार साँझ ५ बजेसम्म २३ लाख ५७ हजार १६६ जनाले आवेदन दिएका हुन् ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित २ करोड ४० लाख ८९ हजार ९४० कित्ताका लागि आवेदन माग गरेको थियो । जसमा २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको २ करोड ९४ लाख ७७ हजार ६५० कित्ता सेयर आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले १५ असोजदेखि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासनमा ल्याएको थियो हो ।

अर्थात् यो सेयर १०-१० कित्ताका दरले २ लाख २५ हजार जनाले पाउनेछन् । अर्थात् २१ लाख ३२ हजार जनाको हात खाली हुनेछ ।

जसमा कुल निष्कासनमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । यसअघि नै कम्पनीले आयोजना प्रभावित लमजुङका स्थानीयबासीलाई १५ लाख कित्ता आईपीओ बिक्री गरिसकेको छ ।

हाल चुक्ता पुँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको आईपीओ निष्कासनपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । हाल न्यादीले लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्