Shikhar Insurance

निक्षेप ४५ अर्बले घट्दापनि बैंकहरूले दिए २९ अर्ब कर्जा, कहाँबाट जुट्यो स्रोत ?

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २८, आईतवार १५:३०
NIMB
Nabil Bank

काठमाडौं । कात्तिकको २६ दिनमै बैंकहरूबाट ४५ अर्ब रूपैयाँ निक्षेप बाहिरिएको छ । असोज मसान्तसम्म वाणिज्य बैंकहरूमा ४२ खर्ब ६८ अर्ब ६५ करो८ रूपैयाँ निक्षेप रहेकामा कात्तिक २६ मा आइपुग्दा घटेर ४२ खर्ब २३ अर्ब ४८ अर्ब रूपैयाँ कायम भएको छ ।

कात्तिक १७ गतेसम्म उनीहरूसँग ४२ खर्ब ३८ अर्ब ८ करोड रूपैयाँ निक्षेप थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

यता निक्षेप करिब आधा खर्ब रूपैयाँ बाहिरिँदा यसबीचमा बैंकहरूले २९ अर्ब रूपैयाँभन्दा बढी कर्जा लगानी थपेका छन् । असोज मसान्तसम्म वाणिज्य बैंकहरूले २९ खर्ब ९८ अर्ब २२ करोड रूपैयाँ कर्जा लगानी गरेकामा कात्तिक २६ सम्म यस्तो कुल कर्जा प्रवाह ४० खर्ब २७ अर्ब ६४ करोड रूपैयाँ पुगेको छ ।

पछिल्लो ९ दिनमा कर्जा प्रवाह साढे २ अर्ब बढेको हो ।

बैंक तथा वित्तीय संस्थालाई अहिले कर्जा प्रवाहको स्रोत जुटाउन हम्मेहम्मे परेको छ । तर, उनीहरूको निक्षेप घटेपनि कर्जा प्रवाह भने रोकिएको छैन ।

GBIME

प्रतिक्रिया दिनुहोस्