Shikhar Insurance

लगनखेलमा राष्ट्रिय बीमा संस्थानको नयाँ शाखा, दिगो व्यवसाय वृद्धिको लक्ष्य

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २९, सोमबार १९:१४
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले ललितपुरको लगनखेलमा नयाँ शाखा स्थापना गरेको छ । सोमबार बीमा समितिका अध्यक्ष सुर्य शिलवालले संस्थानको नयाँ शाखा उद्घाटन गरेका हुन् ।

बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल, संस्थानका अध्यक्ष गंगाराम कँडेल लगायतको उपस्थिति रहेको कार्यक्रममा समिति अध्यक्ष सिलवालले सरकारी संस्थानले आफुलाई शसक्त र प्रतिष्पर्धी संस्था बनाउनुपर्ने धारणा राखेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

संस्थानले उपत्यका भित्र चौथो र समग्रमा २० औं शाखा लगनखेलमा स्थापना गरेको हो । यद्यपी संस्थानका देशभर २२ शाखाबाट सेवा दिईरहेको छ । दुई शाखाको भने उद्घाटन गर्न बाँकी रहेको छ ।

नयाँ शाखा शुभारम्भ कार्यक्रममा संस्थानका प्रशासक कवि प्रसाद पाठकले अब संस्थान प्रविधि मैत्री बन्दै गएको र दिगो व्यवसाय वृद्धिमा ध्यान दिएको बताए ।

संस्थानले शाखा सञ्जाल विस्तार, प्रविधि मैत्री सेवा, गुणस्तरिय एजेन्टहरुको निर्माण तथा बीमा पोलिसीहरुमा नविनतम बिशेषता थपेर व्यवसाय विस्तार गरिरहेको बताए । ‘हामी सरकारी संस्थानका रुपमा मात्रै होइनौं, एउटा पूर्ण प्रतिष्पर्धी संस्थाका रुपमा बजार विस्तार गर्न लागिपरेका छौं’, प्रशासक पाठकले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्