Shikhar Insurance

‘१७ वर्ष पुरा गरी १८ औं वर्षमा प्रवेश गरेकोमा शिखर इन्स्योरेन्स कम्पनी गौरवान्वित छौं’

सिंहदरबार संवाददाता
२०७८ मंसिर ३, शुक्रबार १५:४५
NIMB
Nabil Bank

नेपालमा गुणस्तरीय निर्जीवन बीमा सेवा प्रदान गर्ने उद्देश्यका साथ विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तित्वको सक्रियतामा स्थापीत शिखर इन्स्योरेन्स कम्पनीले वि.सं. २०६१ मंसिर २ बाट बीमा सेवा प्रदान गर्न सुरु गरेको थियो । सुरुमा कम्पनी स्थापना गर्दा १० करोड रुपैयाँ चुक्तापुँजी भएको कम्पनीको आज १ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी छ कम्पनीको पछिल्लो १५ औं र १६ औं वार्षिक साधारणसभाबाट पारित ३० प्रतिशत हकप्रद सेयर जारी भएपश्चात कम्पनीको चुक्ता पुँजी २२८ करोड पुग्नेछ ।

कम्पनीले विगत १७ वर्ष देखि अनवरत रुपमा सेवा प्रदान गर्दै आइरहेको छ । यस क्रममा बीमाको पहुँच नेपालको विकट जुम्ला, हुम्ला, कालिकोट, मुगु, मुस्ताङ, बझाङ, दैलेख, डोटी, डोल्पा जस्ता दुरदराजका जिल्लासहित कुल १०५ शाखा र निकट भविष्यमा थप २० शाखा गरी कुल १२५ शाखा मार्फत सेवा प्रदान गर्न सफल छ ।कम्पनी सम्पूर्ण बीमित वर्गको विश्वास र भरोसाको केन्द्र भएका कारण नेपालमा भएका निर्जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्ने कम्पनी बन्न सफल भएको छ । यस अवधिमा कम्पनीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कार प्राप्त गर्न सफल भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले हालसम्म केके पुरस्कार पायो ?
नेपाल सरकार अर्थ मन्त्रालय, अन्तरिक राजस्व विभाग, ठूला करदाता कार्यालय ललितपुरले आर्थिक वर्ष २०७१/७२ मा सबैभन्दा बढी कर दाखिला गर्ने कम्पनीका रुपमा सम्मान पत्र प्रदान ।

नेपाल सरकारको ४९ प्रतिशत लगानी रहेको नेपाल पुनर्बीमा कम्पनी लि. आ.व. २०७५/७६ र आ.व. २०७६/७७ मा निर्जीवन कम्पनीहरुमध्ये पुनर्बीमा शुल्क र दाबीका आधारमा सबै भन्दा बढी नाफामुलक व्यवसाय प्रदान गरेकोमा सम्मान पत्र प्रदान ।

वि.सं. २०७१, २०७३, २०७४, २०७६ सालमा न्यु बिजनेस एज संस्थाबाट बेस्ट म्यानेज्ड इन्स्यारेन्स कम्पनी पुरस्कार प्राप्त गर्न सफल ।

नेपालको दुर दराज विकट जुम्ला, कालिकोट, डोल्पा मुगुका जनतालाई वर्षेनी मौसमका कारण स्याउ खेतीमा हुने नोक्सानीका कारण पर्न जाने आर्थिक भारलाई कम गर्न मौसम सुचकांक बीमालेख मार्फत किसानलाई भएको जोखिम तथा क्षतीको क्षतिपूर्ति प्रदान गरेकै कारण यूके एड फन्डेड एडाप्टेसन एठ स्केल प्राइज एशिया नेटवर्क फर सस्टेनेबल एग्रिकल्चर एन्ड बायोरिसोर्सेस (एएनएसएबी)द्धारा २०१९ मा ५०,००० पाउण्ड स्ट्रलिङ बराबर पुरस्कार ।

२०७२ सालको भुकम्पका कारण सिर्जित विपत्तीको समयमा भत्किएका संरचनाको पुनः निर्माणका लागि बीमितको दाबी समयमा नै भुक्तानी गरी बीमा व्यवसायमा दाबी केन्द्रित गरी बीमितलाई परेको बेला सहयोग गरेमा बीमा बारेको जनचेतना तथा आस्था एवम् विश्वास आर्जन गरेमा व्यवसायमा स्वतः बढोत्तरी हुन्छ भन्ने कुरा शिखर इन्स्योरेन्स कम्पनी नेपालको अग्रस्थानमा रहनुले प्रमाणित गरेको छ ।

आ.व २०७७/७८ मा निर्जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी ३९७ करोडको बीमाशुल्क आर्जन गर्न कम्पनी बन्न सफल कम्पनीले आफ्ना सेयरधनीलाई राम्रो प्रतिफल दिन सफल छ ।

कम्पनीलाई यस उचाईमा पुर्याउन कर्मचारी वर्गको मेहनत र योगदान अतुलनीय रहन्छ यस अवसरमा कम्पनीमा १० वर्षे कार्यकाल पुरा गरेका २५ जना कर्मचारीलाई सम्मान गरिएको छ । हालसम्म १० वर्ष कार्याकाल पुरा गरेका कर्मचारीको संख्या ७० पुगेको छ ।

यस सुखद घडीमा कम्पनीको केन्द्रिय कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरियो जसमा ५६ जना कर्मचारीले रक्तदान गरेका थिए । यस सुखद अवसरमा हामीलाई निर्जीवन बीमाको क्षेत्रमा अलग पहिचान सहित अब्बल कम्पनीका रुपमा स्थापित गराउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुहुने सम्पूर्ण बीमित वर्गमा हार्दिक कृतज्ञता प्रकट गर्दछौं । साथै यस अवधिमा सधै मार्गदर्शन गर्नुहुने नियमनकारी निकाय बीमा समिति, शेयरधनी महानुभावहरु, शुभेच्छुक, एवम् सम्पूर्ण सरोकारवालामा हार्दिक आभार प्रकट गर्दै आगामी दिनहरुमा यहाँहरुको साथ, सहयोग र सद्भावको अपेक्षा गर्दै यस कम्पनीबाट प्रवाह गरिने सेवा अझ बढी प्रभावकारी गुणस्तरिय आधुनिक प्रबिधिमैत्री बिश्वसनिय बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दर्छौं ।

(शिखर इन्यारेन्सको आभार तथा प्रतिवद्धता पत्र जस्ताको तस्तै)

GBIME

प्रतिक्रिया दिनुहोस्