Shikhar Insurance

शेखर गोल्छाले लिए हिमालयन रि अध्यक्षको सपथ, ३० लाखलाई पर्ने आईपीओ आउने

सिंहदरबार संवाददाता
२०७८ मंसिर ५, आईतवार ०९:५४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले हिमालयन रि सञ्चालक समिति अध्यक्षको सपथ ग्रहण गरेका छन् । उनले बीमा समितिका अध्यक्ष सुर्य सिलवालबाट सपथ ग्रहण गरेका हुन् । निजी क्षेत्रको लगानीमा स्थापना भएको हिमालयन रिले हाल आक्रामक बजार विस्तार गरिरहेको छ ।

अध्यक्ष गोल्छाले पनि कम्पनीका लगानीकर्ताहरुका लागि उच्चतम मूल्य तयार पार्ने बताएका छन् । कम्पनीले गत असारमा बीमा समितिबाट लाइसेन्स पाएको हो । कात्तिक २६ गते सम्पन्न कम्पनीको पहिलो वार्षिक साधारणसभाले आईपीओ जारी गर्ने निर्णय गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

१० अर्ब रूपैयाँ चुक्तापुँजी रहेको कम्पनीले कम्पनीले कम्तिमा ३० प्रतिशत अर्थात् ३ अर्ब रूपैयाँ बराबरको ३ करोड कित्ता आईपीओ जारी गर्नुपर्नेछ । यसको अर्थ कम्पनीको आईपीओ १०–१० कित्ताका दरले ३० लाख जनालाई पर्नेछ । तर, यो आईपी‌ओमा तत्कालै आवेदन दिन पाइने भने होइन ।

GBIME

प्रतिक्रिया दिनुहोस्