Shikhar Insurance

डाबर नेपालद्वारा वीर अस्पताललाई २५ लाख बराबरको चिकित्सा उपकरण हस्तान्तरण

सिंहदरबार संवाददाता
२०७८ पुष ६, मंगलवार १०:२५
NIMB
Nabil Bank

काठमाडौं । डाबर नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत वीर अस्पताललाई आर्थिक सहयोग गरेको छ । नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग गर्न वीर अस्पताललाई समग्र चिकित्सा सुविधाहरु सुदृढ गर्न मद्दत गर्ने उद्देश्य सहित डाबर नेपालले सो सहयोग गरेको हो ।

एक कार्यक्रममार्फत डाबर नेपालले सघन उपचारको लागि २५ लाख बराबरको चिकित्सा उपकरणहरु हस्तान्तरण गरेको छ । श्रीमती इश्वरी राना, अध्यक्ष तथा प्रबन्ध निर्देशक–डाबर नेपाल र श्री एच.एस. बेदी, व्यापार प्रमुख–नेपाल तथा म्यानमारले वीर अस्पताल, काठमाडौंको परिसरमा डिसेम्बर २०, २०२१ का दिन एक कार्यक्रमका बिच सहयोग हस्तान्तरण गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त सहयोग वीर अस्पतालको तर्फबाट डा. अनुपमा कार्की र प्रा. डा. मनेन प्र. गोर्खालीको उपस्थितिमा वीर अस्पतालका निर्देशक प्रा. डा. भुपेन्द्र कुमार बस्नेतलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा डाबरका लागि प्रवक्ताले भने–‘वीर अस्पताल नेपालकै प्रतिष्ठित र अग्रणी सरकारी अस्पताल हो जसले नेपालका नागरिकहरुलाई अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । अहिलेको विश्वव्यापी महामारीको समयमा यस संस्थाको महत्वपूर्ण स्वास्थ्य सेवाहरु प्रदान गर्ने प्रयासमा हामीले सहयोग गर्नु समय सान्दर्भिक र उपयुक्त रहेको छ ।’

GBIME

प्रतिक्रिया दिनुहोस्