Shikhar Insurance

टानको अध्यक्षमा निलहरि बाँस्तोलाले उम्मेदवारी दिने

सिंहदरबार संवाददाता
२०७८ पुष १३, मंगलवार २०:०४
NIMB
Nabil Bank

काठमाडौँ । पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज एशोसियन अफ नेपाल (टान)को अध्यक्षमा युवा पर्यटन व्यवसायी निलहरी बाँस्तोलाले उम्मेद्वारी दिने भएका छन् ।

टानको पूर्व उपाध्यक्षसमेत रहेका बाँस्तोलाले आगामी माघ २८ गते हुन लागेको ४३ औँ साधारण सभा एवम् निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिन लागेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

बाँस्तोलाको एशियन हेरिटेज गुप्रअन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटल, एक्सपोर्ट, इन्पोर्ट, कार्गो, हस्तकला निर्यातलगायतका उद्योग व्यवसायमा लगानी छ । यस्तै, उनले एशियन हेरिटेज फाउण्डेशन नेपालमार्फत स्वास्थ्य र शिक्षा क्षेत्रमा सामाजिक कार्य गर्दै आएका छन् ।

विगत २६ वर्षदेखि नेपालको पर्वतीय पर्यटनमा पूर्ण रुपमा लागेका बाँस्तोला सोलुखुम्बु निवासी हुन् । उनले सन् २००२ मा टानको साधारण सदस्य लिएका थिए । बाँस्तोलाले पर्वतीय पर्यटनको विस्तारका लागि देश तथा विदेशमा भ्रमण गरेका छन् । टानको साधारण सदस्य लिएसँगै टानको विभिन्न समितिमा बसेर काम गरेको अनुभव छ ।

एशियन हेरिटेज फाउण्डेशन नेपालमार्फत भूकम्प, नाकाबन्दी र कोरोनाको समयमा अग्र भागमा रहेर सामाजिक कार्य गर्दै आएका बाँस्तोला सन् २०१३–२०१५ मा टानको कार्यसमिति सदस्य एवम् सन् २०१७–२०१९ मा द्धितीय उपाध्यक्ष निर्वाचित भएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्