Shikhar Insurance

सन् २०२१ मा नेपाल घुम्ने पर्यटकको संख्या १ लाख ५० हजार मात्र (कुन देशबाट कति ?)

सिंहदरबार संवाददाता
२०७८ पुष १८, आईतवार १५:३४
NIMB
Nabil Bank

काठमाडौं । सन् २०२१ मा डेढ लाख पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार नेपाल भित्रिने पर्यटकको संख्या सन् २०२० भन्दा २५ प्रतिशतले घटेको हो ।

कोरोना महामारीका कारण यस वर्ष निकै कम विदेशी नेपाल आएको देखिन्छ । हवाइ तथा भुमार्ग हुँदै १ लाख ५० हजार ९ सय ६२ जना पर्यटक नेपाल आएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सन् २०२० मा २ लाख ३० हजार पर्यटक नेपाल आएका थिए । सन् २०१९ मा भने नेपाल भित्रिने विदेशीको संख्या ११ लाख ९७ हजार १ सय ९१ थियो ।

नेपाल आउनेमध्ये सबैभन्दा बढी भारतीय छन् । वर्षभर नेपाल आउने भारतीयको संख्या ६४ हजार ६ सय ७३ छ । भारतपछि सबैभन्दा बढी अमेरिकाबाट २२ हजार ८ सय ५३ जना आएका छन् । यस्तै संयुक्त अधिराज्य (बेलायत) बाट ८ हजार ६ सय ८० जना, उत्तरी छिमेक चीनबाट ६१९६ जना तथा बंगलादेशबाट ५ हजार ४४ जना पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।

कुन देशबाट कति ?

GBIME

प्रतिक्रिया दिनुहोस्