Shikhar Insurance

नियामकिय डण्डापछि साढे ४ हजार रुपैयाँको सेयर १ सयमा बेच्दै जीवन विकास लघुवित्त

सीमित प्रतिस्पर्धाको आरोप
सिंहदरबार संवाददाता
२०७८ पुष १९, सोमबार ११:००
NIMB
Nabil Bank

काठमाडौं । जीवन विकास लघुवित्तको दोस्रो बजारमा कारोबार सुरु भएको ६ महिना पनि बित्न नपाउँदै प्रतिकित्ता सेयर मूल्य ४४ गुणाले बढेर ४ हजार ४१० रुपैयाँ कायम भएको छ । तर, अहिले संस्थाले पौने ५ लाख कित्ता सेयर प्रतिकित्ता १ सय रुपैयाँमै बिक्री गर्न बोलकबोल आह्वान गरेको छ ।

छोटो समयमै उच्च बिन्दुले सेयर मूल्य बढेको संस्थाको सेयर केही संस्थापकहरु गरेको गैरकानुनी सेयर कारोबारका कारण बजार मूल्य भन्दा निकै कममा बिक्री गर्नु परेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

जीवन विकास लघुवित्त वित्तीय संस्थाको ६० लाख ८४ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भइरहेको छ । संस्थाको सेयर गत साउनदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुचीकृत भपछि कारोबार शुरु भएको हो ।

संस्थाको ४१ लाख ६ हजार ७०० कित्ता संस्थापक र १९ लाख ७७ हजार ३०० साधरण गरी कुल ६० लाख ८४ हजार कित्ता सेयर सूचीकृत भई प्रतिकित्ता ३ सय ५ रुपैयाँ २७ पैसादेखि कारोबार सुरु भएको थियो । कम्पनीको सेयर मूल्य पुस १८ गतेसम्म नेप्सेमा ४ हजार ४१० रुपैयाँ कायम भएको छ ।

दोस्रो बजारमा जीवन विकास लघुवित्तको सेयरको माग पनि उत्तिकै छ । बढ्दो मागसँगै सेयर मूल्य बढेपनि संस्थाका पदासीन केही संथापकले गैर कानुनी रुपमा खरिद गरेका ४ लाख ७८ हजार ३३८ कित्ता सेयर भने फेस भ्याल्यु अर्थात् १ सय रुपैयाँमै बिक्री गर्नु पर्ने बाध्यता ती संस्थापकलाई भएको हो ।

राष्ट्र बैंकको संस्थागत सुशासन सम्बन्धि व्यवस्थाअनुसार संस्थापकहरुले पदमा हुँदा वा पदबाट हटेको १ वर्षसम्म संस्थाको सेयर खरिद बिक्री गर्न पाउँदैनन् । गत आवमा संस्थाले पुँजी वृद्धि गर्न संस्थापकहरुका लागि हकप्रद जारी गरेको थियो । जसमा संस्थापक पदमा रहेको र पदबाट हटेको १ वर्ष नपुगेकाहरुले खरिद गर्न पाउँदैनन् । नियमअनुसार सो हकप्रद सेयरमा पदमा नरहेका संस्थापक र बाहिरकाहरुले मात्र खरिद गर्न पाउँथे । तर, राष्ट्र बैंक लघुवित्त सुपरिवेक्षण विभागले गत आवको अन्त्यमा गरेको स्थलगत निरिक्षणमा संस्थाका कार्यकारी प्रमुख (सीईओ) र पूर्व सीईओले नियम विपरित सेयर खरिद गरेको भेटेको थियो ।

जसलाई नियमानुसार गर्न राष्ट्र बैंकले गत असोज दोस्रो साता निर्देशन दिएको थियो । प्राप्त निर्देशनअनुसार संस्थाले पहिलो पटक गत कात्तिक १५ गते र दोस्रो पटक पुस ९ गते सार्वजनिक सुचना जारी गरी उक्त सेयर खरिदको लागि बोलकबोल आह्वान गरेको छ ।

संस्थाले माघ १० गते सम्म गोप्य शिल्बन्दी बोलबत्र पेश गर्न विद्यामान संस्थापकहरुलाई भनेको छ । इच्छुक संस्थापकले न्यूनतम १००० कित्ता देखि अधिकताम पोने ५ लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

गैरकानुनी रुपमा खरिद गरिएको पौने ५ लाख सेयर पदासीन नरहेका विद्यामान संस्थापकहरुले मात्र खरिद गर्न पाउने छन् । दिइएको समयमा विद्यमान संस्थापकहरुले सेयर खरिद गर्न बोलपत्र पेश नगरेमा सो सेयर संस्थापक नरहेका इच्छुक लगानीकर्ताले खरिद गर्न पाउने राष्ट्र बैंकको व्यवस्था छ ।

माघ १० गतेसम्म विद्यामान संस्थापकले सेयर खरिदका लागि आवेदन नदिए संस्थाले पुनः सार्वजनिक सुचना जारी गरी बाहिरका लगानीकर्तालाई बोलकबोल आह्वान गर्नु पर्नेछ । उक्त बोलकबोलमार्फत् अहिले प्रतिकित्ता साढे ४ हजार रुपैयाँमा खरिद गरिरहेका लगानीकर्ताले संस्थाको सेयर १ सय रुपैयाँमै खरिद गर्ने मौका सर्वसाधारणलाई समेत हुनेछ ।

8.indd

GBIME

प्रतिक्रिया दिनुहोस्