Shikhar Insurance

वाणिज्य बैंकहरुमा माघ महिनामा १ खर्ब ६ अर्ब रुपैयाँ तरलता अभाव हुँदै

सिंहदरबार संवाददाता
२०७८ पुष २१, बुधबार १५:२४
NIMB
Nabil Bank

काठमाडौं । पुस मसान्तसम्म वाणिज्य बैंकहरुमा भित्रिने रकम भन्दा बाहिरिने रकम बढी हुँदा माघ महिनामा १ खर्ब रुपैयाँ बढी तरलता अभाव हुने देखिएको छ । पुस मसान्तसम्म वाणिज्य बैंकहरुको आउटफ्लो र इनफ्लोको अनुमानित विवरणले माघ महिनामा १ खर्ब ६ अर्ब रुपैयाँ लगानी योग्य रकम अभाव हुने नेपाल बैंकर्स संघले निष्कर्ष निकालेको हो ।

पछिल्लो समय बैंकहरुमा लगानी योग्य रकम (तरलता) अभावको समस्यामा छन् । कर्जाको माग अनुसार स्रोत संकलन गर्न नसकेका अवस्थामा वाणिज्य बैंकहरुले पुस मसान्तसम्मको व्यवसायीक ट्रेण्ड हेरेर माघ महिनामा हुने तरलता उपलब्धताको अनुमानित विवरण निकालेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकिङ प्रणालीको तरलता समस्यालाई सम्बोधन गर्दै सरकारले स्थानीय तहको ८० प्रतिशत रकमलाई निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरिसकेको छ । यसअघिसम्म स्थानीयतहको पैसा बैंकहरुले ५० प्रतिशतमात्र निक्षेपमा गणना गर्न पाउँथ्ये । राष्ट्र बैंकले समेत ९२ अर्ब रुपैयाँ पुनरकर्जा पुस मसान्तसम्म उपलब्ध गराउने भइसकेको छ ।

तर, सरकार र राष्ट्र बैंकले तरलता व्यवस्थापनमासहयोग गरेपनि माघ महिनामा वाणिज्य बैंकहरु स्रोतको अभाव हुने संघको निष्कर्ष हो ।

पुस मसान्तसम्म वाणिज्य बैंकहरुमा भित्रिने रकम

स्थानीय तहको पैसा ५० प्रतिशतबाट ८० प्रतिशत गणना गर्ने व्यवस्थाले पुस मसान्तसम्म वाणिज्य बैंकहरुमा ४५ अर्ब रुपैयाँ थप हुने छ । राष्ट्र बैंकले उपलब्ध गराउने पुनरकर्जाबाट ९२ अर्ब रुपैयाँ प्राप्त हुनेछ ।
अहिलेसम्म वाणिज्य बैंकहरुले संकलन गरिरहेको निक्षेपको ट्रेण्ड अनुसार पुस मसान्तसम्म २५ अर्ब रुपैयाँ थप निक्षेप संकलन हुने संघको अनुमान छ ।

हालसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब ४७ अर्ब रुपैयाँ कुल निक्षेप संकलन गरेका छन् । यी निक्षेपको पुस मसान्तसम्म पाकेको ब्याज वापत ६० अर्ब रुपैयाँ प्रणालीमा निक्षेप वापत थप हुने देखिन्छ । यसरी पुस मसान्तसम्म वाणिज्य बैंकहरुमा कुल २ खर्ब २२ अर्ब रुपैयाँ लगानी योग्य रकम थप हुने संघको अनुमान छ ।

पुस मसान्तसम्म वाणिज्य बैंकहरुबाट बाहिरीने रकम

वाणिज्य बैंकहरुले रिपो, स्थायी तरलता सुविधा लगायत नेपाल राष्ट्र बैंकबाट लिएको कर्जा भुक्तान गर्दा १ खर्ब ५६ अर्ब रुपैयाँ पुस मसान्तमा प्रणालीबाट राष्ट्र बैंकको खातामा जानेछ । व्यवसायीहरुले सरकारलाई पहिलो किस्ता कर बुझाउन वाणिज्य बैंकहरुबाट ५० अर्ब रुपैयाँ भिक्ने संघको अनुमान छ। यसअघि नै वाणिज्य बैंकहरुले राष्ट्र बैंकबाट लिएको पुनरकर्जामध्ये पुस मसान्तसम्म ३२ अर्ब रुपैयाँ परिपक्क हुँदैछ ।

पुस मसान्तसम्म वाणिज्य बैंकहरुबाट न्यूनतम ४० अर्ब रुपैयाँ नयाँ कर्जा प्रवाह हुने संघको अनुमान छ । यस बाहेक पुस मसान्तसम्म ४० अर्ब रुपैयाँ ब्याज पुँजीकरण र पास भइसकेको कर्जा बाहिरीने देखिन्छ ।
संघको अनुमानित विवरणअनुसार पुस मसान्तसम्म वाणिज्य बैंकहरुमा २ खर्ब २२ अर्ब रुपैयाँ स्रोत संकलन हुनेछ भने ३ खर्ब २८ अर्ब रुपैयाँ बैंकहरुबाट रकम बाहिरीने छ । यसरी बैंकमा जम्मा हुने रकमभन्दा बाहिरीने रकम बढी हुँदा वाणिज्य बैंकहरु माघ महिनामा थप तरलता संकटको दलदलमा फस्ने प्रष्ट हुन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्