Shikhar Insurance

झन् बढ्यो तेलको मूल्य, एक लिटर पेट्रोल किन्न अब १ सय ४२ रुपैयाँ तिर्नुपर्ने

सिंहदरबार संवाददाता
२०७८ माघ १८, मंगलवार २०:३६
NIMB
Nabil Bank

काठमाडौं । नेपालमा तेलको मूल्य फेरि बढेको छ । अब एक लिटर पेट्रोलको भाउ १ सय ४२ रुपैयाँ पर्ने भएको हो ।

नेपाल आयल निगमले पेट्रोल डिजल र मट्टितेलको भाउ प्रतिलिटर ३–३ रुपैयाँले बढाएको हो । भारतबाट मूल्य बढेर आएसँगै घाटा थेग्नै नसक्ने स्थितिमा पुगेपछि निगम तेलको भाउ बढाउन बाध्य भएको हो । अब डिजेल र मट्टितेलको मूल्य लिटरको १ सय २५ रुपैयाँ पर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

ग्यासको भाउ भने बढाइएको छैन । पेट्रोल अब इतिहासकै महंगो पर्ने भएको छ । यसअघि २०७० सालमा पेट्रोलको मुल्य प्रतिलिटर १ सय ४० रुपैयाँ कायम थियो ।

निगमले यसअघि माघ ५ गते तेलको भाउ बढाएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्