Shikhar Insurance

‘साँढे’ सीईओका १३ कर्तुत ! (प्रतिवेदनसहित)

सिंहदरबार संवाददाता
२०७८ माघ १८, मंगलवार २३:४५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मी विवादास्पद छविका व्यक्तित्व हुन् ।

विदेशबाट फर्कंदा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा भन्सारका कर्मचारीलाई हात हालेको घटनापछि उनको यथार्थ उदांगिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेसँग टर्म नमिलेपछि उनको कुकार्यका क्रम क्रमैसित बाहिरिन थालेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

निवर्तमानओली सरकारले बोर्ड व्यवस्थापन प्रमुख बनाएसँगै उनले यस्ता अनियमितता गरेका रहेछन्, ती सबै बाहिरिएका छन् ।

बिमानस्थलमा भएको विवादमा तानिएसँगै तथा पर्यटन मन्त्री आलेलाई समेत यसमा मुछ्न लागेपछि मन्त्री आले उनीविरुद्ध सार्वजनिक समारोहमै खनिएका थिए । आलेले व्यवहार, कार्यशैलीका आधारमा रेग्मीलाई ‘साँढे’को संज्ञा दिएका छन् ।

उनै मन्त्री आलेले पुस २ गते रेग्मीबारे जाँचबुझ गर्न बोर्डका उपाअध्यक्ष चन्द्र प्रसाद रिजालको संयोजकत्वमा उप समिति गठन गरेका थिए । सो उपसमितिले पनि प्रतिवेदन तयार पारी मन्त्रीलाई बुझाएको छ ।

उपसमितिले रेग्मी बोर्ड सीईओ हुनेवित्तीकै देखि अनियमितता गरेको, आर्थिक अपचलन गरेको, कर्मचारी प्रति अनुचित व्यवहार गरेका, गैरकानुनी काम गरेको, अख्तियारको दुरुपयोग गरेको, नेपालको पर्यटन प्रबद्र्धनमा असहयोग पुग्ने काम गरेको, बिमानस्थलमा असहनीय व्यवहार प्रदर्शन गरेको, सार्वजनिक पदमा रहनेको छवी आँच आउने काम गरेको, सुन तस्करी गरेको लगायत कैफियत औंल्याएको छ । उनले अनुसन्धानको क्रममा निकै असहयोग समेत गरेका थिए । यस्ता गतिविधि गर्ने रेग्मीलाई कारबाही गर्नुपर्ने सुझाव उपसमितिले दिएको छ ।

यी हुन् बोर्ड प्रमुख कार्यकारी अधिकृत डा. रेग्मीका कर्तुतः
१. विदेशबाट फर्कंदा २ बोतल रक्सी बोकेर ल्याएकामा त्रिभुवन बिमानस्थलमा भन्सार कर्मचारीले जफत गरेकामा उनीसँग वादविवाद गरी हातपात गर्दै, झोलाले हिर्काएको । यस्तो गर्नै नहुने, गम्भीर प्रकृतिको, अनपेक्षित, अशोभनीय, पदीय आँचरण, संस्थागत आँचरणमा ठोस पुगेको ।

२. बोर्ड कार्यकारी समितिबाट भएका निर्णय कार्यान्वयनमा असहयोग गरेको, स्वेच्छाचारिता प्रदर्शन गरेको, आर्थिक रुपमा हानि नोक्सानी पुर्याएको, बोर्डको निर्णय बिना मनपरी काम (आन्तरिक पर्यटन पुनरुत्थान समिति भन्दै सातै प्रदेशमा मनपरी आफ्ना मान्छे भर्ती गरेको लगायत) गरेको ।

३. वर्ल्ड ट्राभल मार्टमा आवश्यकताभन्दा कम सहभागी गराई आवश्यकताभन्दा बढी (१ करोड २० लाख रुपैयाँ) खर्च गरेको ।

४. बनिरहेको सीईओको अफिसको स्तरोन्नती गर्ने भन्दै एउटै प्याकेजमा काम हुनेमा ६ टुक्रामा काम गनै लगाएको ।

५. होटल र रेस्टुरेन्टमा खर्च गरेको पैसाको बिल पेस गरेर बोर्डलाई नोक्सान पुर्याएको ।

६. त्रिभुवन विश्वविद्यालयसँग जीआईएस कार्यान्वयन भन्दै पौने ५ करोड रुपैयाँको अनावश्यक सम्झौता गरेको । यो सम्झौताको औचित्यता पुष्टि नभएको ।

७. बोर्डका कर्मचारीलाई तँ, तिमी जस्ता अनुचित सम्बोधन गर्ने, डर धम्की देखाउनेसमेत गरेको ।

८. कार्यसम्पादन सम्झौता अनुसार काम नगरेको ।

९. करारमा मनपरी कर्मचारी राखेको ।

१०. वरिष्ठ निर्देशक नन्दिनी लाहे थापासमेतलाई मानसिक तनाव दिने काम गरेको (बिमानस्थलमा भएको घटनाको विषयमा बचाउ प्रेस विज्ञप्तिसमेत) ।

११. विदेशमा ३० ग्राम सुन तस्करी गरेको । यस कसुरका लागि १ लाख ४० हजार रुपैयाँ तिरिसकेको ।

१२. छानविन उपसमितिको उपस्थित भइ बयान दिनु भन्ने निर्देशन अवज्ञा गरेको ।

१३. कागजात उपलब्ध नगराउने, अपुरा जानकारी दिने, प्रमाण नष्ट गर्ने लगायत काम गरी छानविनमा असहयोग गरेको ।

 

यस्तो छ प्रतिवेदनः

GBIME

प्रतिक्रिया दिनुहोस्