Shikhar Insurance

राष्ट्र बैंकले स्रोत नखुलाइ ७ लाख रुपैयाँसम्मको कारोबार गर्न पाउने व्यवस्था गर्न लागेको हो ?

सिंहदरबार संवाददाता
२०७८ माघ २०, बिहीबार १४:४३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ लाख रुपैयाँसम्मको कारोबार गर्दा स्रोत नखुलाउनु पर्ने व्यवस्था गर्ने प्रक्रिया सुरु गरेको छ । केन्द्रीय बैंकले माघ १८ गते वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई पत्र पठाउँदै ६ महिनाभित्र ७ लाख रुपैयाँ र सोभन्दा बढीको कारोबार विवरण पठाउन भनेको छ ।

राष्ट्र बैंकको व्यवस्था अनुसार हालसम्म बैंक तथा वित्त कम्पनीमा ग्राहकले ५ लाख रुपैयाँसम्मको नगद कारोबार गर्दा आय स्रोत खुलाउनु पर्दैन । साथै १० लाख रुपैयाँभन्दा बढी कारोबार चेक मार्फत मात्र गर्न पाइन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

स्रोत नखुलाई गर्न पाइने ५ लाख रुपैयाँसम्मको सीमालाई बढाउन ७ लाख रुपैयाँसम्म कारोबार भएका ग्राहक र कारोबारको विस्तृत विवरण माग गरिएको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

‘स–साना व्यवसायको भुक्तानी वा कारोबारलाई ५ लाख रुपैयाँसम्मको सीमाले समस्या भएको गुनासो बढेको छ, त्यसलाई बढाएर बढाउन सोभन्दा माथि कस्ता स्रोतबाट कारोबार हुन्छ त्यसमा अध्ययन गर्न खोजिएको हो,’ राष्ट्र बैंक स्रोतले सिंहदरबारसँग भन्यो, ‘चेकको सीमालाई घटाएर ७ लाख बनाउन सो विवरण भने माग गरिएको होइन ।’

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागको सम्पती शुद्धिकरण इकाईले २०७८ साउन १ गतेदेखिको पुस ३० गतेसम्मको प्रति कारोबार ७ रुपैयाँ वा सो भन्दा बढी नगदमा भएको कारोबारको विवरण माघ २४ गते अगावै पठाउन भनेको छ ।

जसअनुसार अब ४ दिनभित्रै खातावालाको नाम, कारोबार गरिएको रकमको विवरण, मिति, प्रयोजन, माध्यम लगायतका विवरण समावेश गरी वाणिज्य बैंकहरुले राष्ट्र बैंकमा तथ्यांक पठाउनु पर्ने हुन्छ ।

यसरी, पठाइएको विवरण अध्ययनकै आधारमा सुपरिवेक्षण विभागको सिफारिसमा राष्ट्र बैंकले नगद कारोबारमा हाल रहेको व्यवस्था परिवर्तन गर्न सक्ने स्रोतको भनाइ छ ।

यद्यपी, राष्ट्र बैंकका प्रवक्ता तथा बैंक सुपरिवेक्षण प्रमुख डा. गुणाकर भट्टले भने सुपरिवेक्षण विभागको सम्पती शुद्धिकरण इकाईले नियमित प्रक्रिया अनुसार नै तथ्यांक माग गरेको जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्