Shikhar Insurance

१ महिनामा १७ हजार पर्यटक नेपाल आए, भारत र अमेरिकाबाट धेरै (कुन देशबाट कति?)

सिंहदरबार संवाददाता
२०७८ माघ २०, बिहीबार १६:४८
NIMB
Nabil Bank

काठमाडौं । सन् २०२२ को जनवरीमा १७ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार नेपाल भित्रिने पर्यटकको संख्या सन् २०२१ को पहिलो महिनाको भन्दा दोब्बरले बढेको हो ।

कोरोना महामारीका वावजुत पनि जनवरीमा हवाइमार्ग हुँदै १६ हजार ९ सय ७५ जना पर्यटक नेपाल आएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सन् २०२१ मा डेढ लाख पर्यटक नेपाल आएका थिए ।

नेपाल आउनेमध्ये सबैभन्दा बढी भारतीय छन् । महिनाभर नेपाल आउने भारतीयको संख्या ३ हजार ९ सय १६ छ । भारतपछि सबैभन्दा बढी अमेरिकाबाट ३ हजार २ सय ५७ जना आएका छन् । यस्तै संयुक्त अधिराज्य (बेलायत) बाट १८ सय २४ जना, बंगलादेशबाट १२ सय ३६ जना र अस्ट्रेलियाबाट १२ सय १३ जना पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।

कुन देशबाट कति ?

GBIME

प्रतिक्रिया दिनुहोस्