Shikhar Insurance

एभरेष्ट अस्पतालमा सस्तैमा पाइन्छ ग्यास्ट्रोसम्बन्धि डाइग्नोसिस र उपचार

सिंहदरबार संवाददाता
२०७८ माघ २६, बुधबार १६:३९
NIMB
Nabil Bank

काठमाडौं । एभरेष्ट अस्पताल करिव २० बर्षदेखि सञ्चालनमा आएर निरन्तर स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ । नयाँ बानेश्वरमा अवस्थित यस अस्पतालले एउटै छाना मुनि विभिन्न सेवा दिँदै आएको छ ।

अस्पतालले नयाँ नयाँ सेवा पनि सञ्चालनमा ल्याइरहेको छ । जसमध्येको एक हो, ग्यास्ट्रो लिभर फाउन्डेसन नेपाल । अस्पतालले यस फाउन्डेसन करिब दुई वर्षदेखि सञ्चालनमा ल्याएर निरन्तर सेवा दिँदै आएको छ । यस फाउन्डेसनका अध्यक्ष तथा पेट तथा कलेजो रोग बिशेषज्ञ डा. अखिलेश कुमार कश्यप रहेका छन् भने अर्का विशेषज्ञ डा. अबशेष भण्डारी पनि यसै फाउन्डेसनमा कार्यरत छन ।

Citizen Life
Kumar Bank
Nepal Life

डा. कश्यपका अनुसार यस फाउन्डेसनले हाल ग्यास्ट्रो सँग सम्बन्धीत इन्डोस्कोपी, कोलोनेस्कोपी, कब्जियत तथा पायल्स, पेट दुख्ने दिसामा रगत आउने जस्ता सम्पूर्ण रोगको उपचार गर्नुको साथै लिभरसँग सम्बन्धीत हेपाटाइटिस ए देखि ई सम्म, सिरोसिस, लिभर क्यान्सर, फ्याटी लिभर सँग सम्बन्धीत सम्पूर्ण रोगको उपचार गरिन्छ ।

सानो र ठूलो गरी मान्छेका दुईखाले आन्द्रा हुन्छन् । मलद्वारबाट दूरबीन छिराई ठूलो आन्द्राको सबै र सानोको तल्लो भाग जाँच्ने मेडिकल प्रविधि कोलोनोस्कोपी हो । आन्द्रामा मासु पलाएको वा अल्सर भएको छ भने कोलोनोस्कोपीबाट सहजै पत्ता लाग्छ । आन्द्राको भित्तामा देखा परेको स–सानो खोट निकाल्नेदेखि शंकास्पद मासुको टुक्रा निकालेर वायोप्सी गर्न पठाउनेसम्मको काममा कोलोनोस्कोपीको प्रयोग हुन्छ । यसले एक मिलिमीटरसम्मको मासु पलाएको खुट्याउँछ ।

ठूलो आन्द्रा र मलद्वार बीचको भागलाई सिग्मोईड भनिन्छ । मलद्वारबाट सिग्मोईडमा दूरबीन छिराएर गरिने जाँचलाई सिग्मोईडोस्कोपी भनिन्छ । कोलोनोस्कोपीले पूरै आन्द्रा (मलद्वारबाट करीब पाँच फिटसम्म) जाँचिन्छ भने सिग्मोईडोस्कोपीले दुई फिटसम्म मात्र जाँच्न मिल्छ ।

दिसामा अनायास रगत देखियो वा दिसा कालो भयो भने तुरुन्त जँचाउनुपर्छ । त्यसरी दिसा जाँच्दा रक्तकणिका भेटिएमा, कसैको दिसा एकाएक कहिले पातलो हुने, कहिले कब्जियत हुने भएमा, उमेर ढल्केका मानिसहरूमा विना कारण रक्त अल्पता हुँदा र अन्य लक्षणहरूबाट आन्द्रामा क्यान्सर लागेको शंका लागेमा कोलोनोस्कोपी गराउनुपर्छ । त्यस क्रममा आन्द्रामा मासु पलाएको वा घाउ भएको देखिएमा वायोप्सी गरेर क्यान्सर भएको वा नभएको खुट्याइन्छ । आन्द्रामा कुनै पनि ठोस पदार्थ (दिसा) नभएको अवस्था बनाएर कोलोनोस्कोपी गराउँदा सबै भागमा राम्ररी जाँच गर्न सजिलो हुन्छ ।

नेपालका धेरै मानिसहरु कोलोनोस्कोपीबारे अनविज्ञ छन् । काठमाडौं उपत्यका बाहिरका केन्द्रीय अस्पतालमा पनि यो प्रविधि उपलब्ध छ । तर जनचेतना अभावका कारण कोलोनोस्कोपीको प्रयोग न्यून भएको कश्यप बताउँछन् । सिकिस्त भएर मात्रै अस्पताल पुगेर कोलोनोस्कोपी गर्ने चलनले धेरैलाई बर्बाद बनाएको उनको भनाई छ ।

उनका अनुसार धेरैले कोलोनोस्कोपी महंगो छ भन्ने गरेका छन् । तर यो महंगो छैन । सस्तोमै उपचार गर्न सकिन्छ । सस्तोमा पनि गर्न नसक्नेका लागि ग्यास्ट्रो लिभर फाउन्डेसन नेपाल विकल्प हुनसक्छ । पेट तथा कलेजो रोग बिशेषज्ञ डा. अखलेश कुमार कश्याप र अबशेष भण्डारीले साँझ ५ बजे देखि ७ बजेसम्म ओपिडी सेवा निरन्तर रुपमा सञ्चालन गर्दै आएको यस फाउन्डेसनको अध्यक्ष डा. कश्यपले बताए ।

यस फाउन्डेसनको कार्यालय नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पताल भएको भवनको चौथो तल्लामा छ । तपाईहरुमध्ये कसैलाई पेट तथा कलेजो सँग सम्बन्धीत कुनै समस्या छन भने यहाँ सम्पर्क गर्न सक्नुहुनेछ । पेटको समस्या रहेका जो कोहीलाई निःशुल्क काउन्सिलिङ गरिन्छ । काठमाडौं उपत्यकाबाहिर भएकाहरुले पनि यहाँ सम्पर्क गर्न सक्छन् । जसका लागि एभरेष्ट अस्पतालको फोन नम्बर ०१४७९१२९४, ०१४७९३०२४, ९८०३५२९१२६ मा अग्रिम नाम टिपाएर आफ्नो समस्याको उपचार गराउन सक्नु हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्