Shikhar Insurance

निक्षेपको ब्याजदर वृद्धि होडमा बैंकहरुः वाणिज्यले नै पुर्‍याए १२% माथि, कुनको कति ?

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १, आईतवार १२:०४
NIMB
Nabil Bank

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर १२ प्रतिशत माथि कायम गरेका छन् । फागुन १ गतेदेखि लागू हुने गरी वाणिज्य बैंकहरुले अधिकतम १२.०३ प्रतिशत कायम गरेका हुन् ।

मंसिर महिनादेखि वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर १०.०५ प्रतिशत कायम गरेका थिए । राष्ट्र बैंकले कात्तिकमै निक्षेपको ब्याजदर अघिल्लो महिनामा कायम औसत ब्याजदरको १० प्रतिशतसम्म थपघट गर्न पाउने व्यवस्था गरेको थियो । साथै, संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगतको भन्दा १ प्रतिशत कम दिनुपर्ने व्यवस्था गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

जसअनुसार मंसिर महिनामा निक्षेपको औसत ब्याजदर १०.०३ प्रतिशत कायम थियो । राष्ट्र बैंकले दिएको ब्याजदर प्यारामिटरमै रहेर पनि पुस महिनामा वाणिज्य बैंकहरुले औसतमा ११.०३ प्रतिशतसम्म बढाउने बाटो खुला थियो । तर, ब्याजदर बढाएपनि निक्षेप संकलन हुन नसकेको भन्दै पसर र माघ महिना बैंकहरुले ब्याजदर बढाएनन् ।

ब्याजदर तटस्थ राख्दा पुराना निक्षेपकर्ता निरुत्साहित भएको भन्दै फागुनदेखि ब्याजदर बढाईएको नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्ययले सिंहदरबारलाई बताए ।

‘ब्याजदर तटस्थ हुँदा निक्षेपकर्ता निरुत्साहित भए बढाउन लागिएको हो,’ संघका अध्यक्ष उपाध्ययले सिंहदरबारसँग भने, ‘संघले बैंकहरुलाई राष्ट्र बैंकले तोकेको ब्याजदर बेञ्चमार्कभित्र रहेर ब्याजदर बढाउन घटाउन सकिने सहमति गरिएको थियो, सोही अनुसार बैंकले निक्षेपको ब्याजदर थपघट गर्न सक्छन् ।’

संघले औपचारीक रुपमा गत शुत्रबार नै राष्ट्र बैंकले तोकेको ब्याजदरको १० प्रतिशत सीमा भित्र रहेर थपघट गर्न सक्ने सहमति दिएको थियो । सोही अनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंकबाहेका २६ वटै बैंकले व्यक्तिगत मुद्दतिमा ११.०३ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । मंसिर महिनायता वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतीमा १०.०५ प्रतिशत र रेमिट्यान्स मुद्दती ११.०५ प्रतिशत ब्याजदर कायम थियो ।

राष्ट्र बैंकले साधारण मुद्दती निक्षेपमा दिइने ब्याजदरभन्दा रेमिट्यान्स मुद्दतिमा १ प्रतिशत बढी दिनु पर्ने निर्देशन दिएको छ । अनौपचारीक रुपमा देश भित्रिने रेमिट्यान्सलाई बैंकिङ प्रणालीमा ल्याउने उद्देश्यले सो व्यवस्था गरिएको राष्ट्र बैंकको भनाइ छ । उक्त व्यवस्थाको कार्यान्वयन गर्दै वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेमा दिइएको ११.०३ प्रशिततमा १ प्रतिशत थपेर रेमिट्यान्स निक्षेपमा १२.०३ प्रतिशत ब्याजदर दिने घोषणा गरिसकेको छन् । फागुन १ गतेदेखि लागू हुने २६ वाणिज्य बैंक व्यक्तिगत मुद्दती निक्षेपमा ११.०३ प्रतिशत र संस्थागतमा १०.०३ प्रतिशत ब्याजदर दिने घोषणा गरेका छन् । स्ट्याण्डर्ड चाट्र्ड बैंकले भने व्यक्ति मुद्दतीमा ९.५ प्रतिशत र संस्थागतमा ८.५ प्रतिशत निर्धारण गरेको छ ।

राष्ट्र बैंकले एउटै वर्गका बैंकहरुले लागु गरेको अधिकतम ब्याजदरलाई औसत गरी पछिल्लो महिनामा १० प्रतिशत सीमाले ब्याजदर पविर्तन गर्न भनेको हो । जसअनुसार फागुन महिनामा वाणिज्य बैंकहरुको औसत निक्षेपको ब्याजदर १०.९७ कायम भएको छ । जसमा १० प्रतिशतसम्म बढाउन पाउँदा वाणिज्य बैंकहरुले चैत महिनामा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.०७ प्रशितत कायम गर्न पाउने देखिन्छ ।

कुन बैंकको कति ?

 

GBIME

प्रतिक्रिया दिनुहोस्