Shikhar Insurance

दोहोरो अंकमा पुग्दै बेसरेट, निक्षेपकर्ताको संरक्षण गर्दा ऋणी मारमा !

दिलु कार्की
२०७८ फाल्गुन १, आईतवार १५:५२
NIMB
Nabil Bank

काठमाडौं । नयाँ कर्जा लिने ऋणीलाई महंगो ब्याज पर्ने पक्का देखिएको छ । बैंकहरुले निक्षेपकर्ता संरक्षण भन्दै ब्याजदर बढाउँदा नयाँ ऋणी फागुन १ गतेदेखि नै र पुराना वैशाखदेखि महंगो ब्याजदरमा पर्ने भएका हुन् ।

बैंकहरुले निक्षेपको ब्याजदर महिनैपिच्छे जस्तो १० प्रतिशतले बढाइरहेका छन् । हाल सबै वाणिज्य बैंकहरुको कर्जाको आधारदर (बेसरेट) एकल अंकमा छ भने २ वटाको ९ प्रतिशतमाथि र १६ वटाको ८ प्रतिशतमाथि छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले निक्षेपकर्ता आकर्षित गर्दै महिनैपिच्छे ब्याजदर बढाउँदा खचै बढ्न गई निकट भविष्यमै एकल अंकमा रहेको बेसरेट दोहोरो अंकमा पुग्ने देखिएको हो ।

फागुन १ गतेदेखि लागु हुने गरी बैंक तथा वित्त कम्पनीहरु निक्षेपको ब्याजदर बढाउने घोषणा गरिसकेको छन् । बैंक तथा वित्त कम्पनीका छाता संगठनहरुले आपसमा औपचारीक सहमति गरी मंसिर महिनादेखि निक्षेपको ब्याजदर बढाएका थिएनन् ।

तर, शुक्रबार नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ र वित्त संस्था बैंकर्स संघले फागुन १ गतेदेखि लागू हुने गरी राष्ट्र बैंकले ब्याजदर सम्बन्धी दिएको निर्देशन पालना गर्दै ब्याजदरमा थपघट गर्ने पाउने निर्यण गरिसकेको छ । राष्ट्र बैंकले गत काक्तिकमै अघिल्लो महिनामा कायम निक्षेपको अघिकतम औसत ब्याजदरमा पछिल्लो महिना १० प्रतिशत मात्र थपघट गर्न पाउने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले तोकेको ब्याजदर सीमा अनुसार फागुनदेखि वाणिज्य बैंकहरुले निक्षेपमा अघिकतम ११.०३ प्रतिशत, विकास बैंकहरुले ११.६५ प्रतिशत र वित्त कम्पनीहरुको ११.७१ प्रतिशत कायम हुनेछ ।

यसरी ब्याजदर बढाउँदा निक्षेपको खर्च बढ्न गई कर्जाको ब्याजदर समेत बढ्ने बैंकरहरु बताउँछन् ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई कर्जाको आधारदर (बेसरेट) एकल अंकमै राख्न सुझाएको छ ।

यसकारण बढाइयो बैंकको ब्याजदर
विगत २ महिनायता निक्षेपको ब्याजदर नबढाउँदा पुरानो ब्याजदरमा निक्षेपकर्ता आकर्षित नभएको नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यय भनाइ छ ।

‘ब्याजदर टतस्थ हुँदा निक्षेपकर्ता निरुत्साहित भए बढाउन लागिएको हो, यसले केही प्रतिशत कर्जाको ब्याजदर बढ्न सक्छ,’ संघका अध्यक्ष उपाध्ययले सिंहदरबारसँग भने, ‘ब्याज नबढाउँदा पैसा नआएको हो भने बढाउँदा आउदा भनेर बढाइएको हो । एक दुई महिना यही दरलाई हेरेर मुल्यांकन गरी संसोधन गछौं ।’

बैंकको ब्याजदर नबढ्दा निक्षेप अनौपचारीक क्षेत्रतर्फ जाने सम्भावना बढेपछि ब्याजदर बढाइएको उनको भनाई छ ।

संघले बैंकहरुलाई राष्ट्र बैंकले तोकेको ब्याजदर बेञ्चमार्कभित्र रहेर ब्याजदर बढाउन घटाउन सकिने सहमति गरेको हुँदा आफ्नो आवश्यकता अनुसार बैंकहरुले ब्याजदर थप घट सक्छन् ।

बैंकर्स संघका कार्यसमिति सदस्य समेत रहेका नेपाल बैंकका कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर अधिकारी बढाइएको ब्याजमा निक्षेप बढ्ने आशाभने न्यून रहेको बताउँछन् । तर, निक्षेपकर्तालाई प्रोत्साहन गर्नकै लागि बाध्यतावस ब्याजदर बढाइएको उनको भनाइ छ ।

‘अहिलेको अवस्थामा ब्याजदर बढाएपनि निक्षेप बढ्ने सम्भावना त त्यति धेरै छैन,’ सीईओ अधिकारीले सिंहदरबारसँग भने, ‘तरपनि निक्षेपकर्तालाई प्रोत्साहन गर्नु पर्छ र कर्जाको ब्याजदर बढ्दा अनौपचारीक क्षेत्रमा जाने कर्जालाई निरुत्साहित गर्छ भनेर निक्षेपको ब्याजदर बढाइएको हो ।’

यता फागुन १ गतेदेखि नै लागू हुनेगरी निक्षेपको ब्याजदर बढाएका विकास बैंक र वित्त कम्पनी बैंकर्स संघका प्रतिनिधिहरु भने बजारको माग र आवश्यकताले भन्दा अन्य बैंकहरुले बढाएर बाध्यताले बढाइएको बताउँछन् । वाणिज्य बैंकहरुले व्यक्तिगत निक्षेपको ब्याजदर ११ प्रतिशतमाथि पुर्याएपछि विकास बैंक निक्षेप खोसिने त्रासमा दर बढाइउको उनहिरुको भनाइ छ ।

निक्षेपको ब्याजदर बढाउँदा ऋणीको ढाड सेकिँदै
खुला बजारमा ब्याजदर बजारले माग र आपुर्तिको आधारमा ब्याजदर बजारले नै निर्धारण गर्ने हुँदा आवश्यकता अनुसार बैंकहरुले नियमकको निर्देशनमा रहेर ब्याजदर थप घट गर्न सक्ने बैंकर्स संघका अध्यक्ष उपाध्ययले बताए ।

‘माग बढी छ र आपुर्ति कम छ भने मूल्य बढी हुन्छ र आपुर्ति बढी छ माग कम छ भने मूल्य कम हुन्छ, त्यही अवस्थामै रहेर बैंकहरुले पनि काम गर्नुपर्ने हुन्छ,’ उने थपे ‘महंगोमा निक्षेप लिएपछि कर्जा पनि महंगोमै दरमै दिनुपर्ने हुन्छ ।’

नयाँ ऋणीको हकमा फागुनदेखि नै बढेपनि पुरानो ऋणीको हकमा भने ३ महिनापछि मात्र ब्याजदर बढ्न सक्ने उनको भनाइ छ ।

फागुन १ गतेदेखि लागु हुने गरी विकास बैंकहरुले अधिकतम ११.६५ प्रतिशत र वित्त संस्थाहरुले ११.७१ प्रतिशत निर्धारण गरिसकेका छन् । बजारमा अन्य वर्गका बैंकहरुले ब्याजदर बढाउँदा बाध्यताले दर बढाएपनि ऋणीलाई भार थपिने गुनासो डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष प्रद्युम्न पोखरेलको छ ।

‘वाणिज्य बैंकहरुले बढाइसकेपछि आफ्नो निक्षेपलाई जोगाउनको लागि संघले आफु अन्तरर्गतका सदस्य बैंकहरुलाई राष्ट्र बैंकले दिएको ब्याजदरको सीमामा रहेरबढाउन सकिने सुझाव दिएको हो,’ अध्यक्ष पोखरेलले सिंहदरबारसँग भने, ‘राष्ट्र बैंकले दिएको निर्देशनमै रहेर बेसरेट र प्रिमियम बैंकहरुले गर्नुपर्छ, निक्षेपको खर्च बढ्दा कर्जाको पनि ब्याजदर अवश्य बढ्छ ।’

निक्षेपको खर्चअनुसार विकास बैंकहरुको बेसरेट करिब १ प्रतिशतले बढ्न सक्ने वित्त संस्था बैंकर्स संघका अध्यक्ष सरोजकाजी तुलाधरको भनाइ छ ।

‘निक्षेपमा १ प्रतिशतले ब्याजदर थप भएपछि कर्जामा पनि १ प्रतिशत नै थप हुन्छ,’ अध्यक्ष तुलाधरले सिंहदरबारसँग भने ।

पुराना ऋणीको ब्याजदर त्रैमासिक रुपमा बेसरेट परिवर्तन गर्दा बढ्ने भएपनि नयाँ ऋणीको भने प्रिमियम थप गरी फागुन १ गतेदेखि नै बढाइने उनले बताए ।

नेपाल बैंकका सीईओ अधिकारी समेत पनि बढाइएको निक्षेपको ब्याजले ऋणीलाई भार थपिएको बताउँछन् । राष्ट्र बैंकको निर्देशन अनुसार प्रत्येक त्रैमासमामात्र बेसरेट परिवर्तन गर्न पाइने हुँदा नयाँ ऋणीलाई बैंकहरुले प्रिमियम थप गरी ब्याजदर बढाउने उनले बताए ।

‘बेसरेट पविर्तन गर्ने समय हुन्छ, तत्कालै गर्न मिल्दैन परिवर्तन हुँदा नयाँ पुरानो दुवैलाई हुन्छ तर अब बैंकहरुले नयाँको लागि भने प्रिमियम थप गरी ब्याज बढाउँछन्,’ सीईओ अधिकारीले भने, ‘हिजोको दिनसम्म अधिकांश बैंकहरुको अधिकतम प्रिमियम ५ प्रतिशत थियो अब ७ प्रतिशतसम्म हुन सक्छ । अहिले अधिकतम १२ प्रतिशतसम्म कर्जाको ब्याज छ त्यो बढेर जान्छ ।’

बैंकहरुले नयाँ ऋणीलाई बेसरेटमा ७ प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा प्रवाह गर्दा २० वटा बैंकको ब्याजदर १५ प्रतिशतभन्दा माथि जानसक्ने देखिन्छ । यसरी बैंकहरुले राष्ट्र बैंकको ब्याजदर प्यारामिटरमा रहेर निक्षेपको ब्याजदर बढाउँदा अब बेसरेट परिवर्तन हुँदा केही बैंकको दोहोरो अंकमा पुग्न सक्ने उनको भनाइ छ ।

‘निक्षेपको खर्च बढ्दा ०.५ प्रतिशतका दरले बेसरेट थप हुने सम्भावना छ,’ उनले थपे, ‘अहिले नै ९ प्रतिशत र १० प्रतिशतकै नजिक बेसरेट भएका केही बैंकहरुको वैशाखसम्म दोहोरो अंकमा पुग्नसक्छ ।’ बजारमा निक्षेपको ब्याजदर बढ्दा ऋणी ग्राहकलाई हरेक पक्षबाट समस्या पर्ने उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्