Shikhar Insurance

बीमा कम्पनीहरुले गरे ६ महिनामै १ खर्बको व्यापार, पहुँच ३५ प्रतिशत जनसंख्यामा विस्तार

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन २, सोमबार १८:४५
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनासम्म बीमा कम्पनीहरुले करिब १ खर्ब रुपैयाँ बराबर बीमा शुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेको १९ वटा जीवन र २० वटा निर्जीवन बीमा कम्पनीहरुले सो अवधिमा ९० अर्ब १ करोड २१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् ।

जुन गत आवको सोही अवधिको तुलनामा १४.८१ प्रतिशत बढी हो । गत आवको ६ महिनामा बीमा कम्पनीहरुले ७८ अर्ब ४० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

चालु आवको ६ महिनासम्म संकलित कुल बीमा शुल्क मध्ये जीवन बीमा कम्पनीले ७० अर्ब ९१ करोड ३९ लाख रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ९ करोड ८२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् ।

गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरुले ६३ अर्ब २० करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब २० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए ।

गत आवको तुलनामा जीवन बीमा कम्पनीहरुको १२.२१ प्रतिशतले र निर्जीवन बीमा कम्पनीहरुको २५.६५ प्रतिशतले कुल बीमा शुल्क संकलन वृद्धि भएको हो ।

बीमा समितिद्वारा प्राप्त तथ्यांकअनुसार सो अवधिमा जीवन बीमा कम्पनीहरुले १ करोड १० लाख ४१ हजार र निर्जीवन बीमा कम्पनीहरुले १४ लाख ८५ हजार कुल बीमा लेख जारी गरेका छन् ।

समितिद्वारा उपलब्ध तथ्यांकअनुसार चालु आवको पुस मसान्तसम्म ३५ प्रतिशत जनतामा बीमाको पहुँच पुगेको छ । जनसंख्याको विवरण अनुसार हाल नेपालको जनसंख्या १ करोड ५ लाख ३४ हजार ५ सय २९ जना रहेको छ । समितिका अनुसार चालु आवको ६ महिानासम्म म्यादी र बैदेशिक रोजगार बीमा लेख सहित ३६ लाख ८७ हजार ८५ जनाले बीमा गरेका हुन् ।

सो अवधिमा बीमा कम्पनीहरुको कार्याल्य संख्या ३ हजार २ सय ७९ पुगेको छ भने कर्मचारी संख्या ११ हजार ७ सय ३ जना पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीहरुको कार्यालय संख्या २ हजार ८ सय ४६ वटा र कर्मचारी संख्या १० हजार ५ सय ७१ जना थियो ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्